२०८१, १३ बैशाख बिहीबार

कम्हलरी प्रथामाथी बन्यो ‘लावाजुनी’

कम्हलरी प्रथामाथी बन्यो ‘लावाजुनी’

खबरघर

दाङ । पश्चिम नेपालका थारु समुदायको कम्हलरी प्रथालाई मुख्य विषयवस्तु बनाई निर्माण गरिएको चलचित्र ‘लावाजुनी’को पोष्टर सार्वजनिक गरिएको छ । थारू भाषामा लावाजुनी भनेको नयाँ जीवन हो ।

घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा मुक्त कम्हलरी विकास मञ्चकी पूर्व अध्यक्ष उर्मिला चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सबिन पि्रयासन, चलचित्रका लेखक एवं निर्देशक केएल पीडितले पोष्टर सार्वजनिक गरेका थिए ।

पोष्टर सार्वजनिक कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत, युवा अभियन्ता प्रकाश शाही, नायक बीरुभाइ बज्राचार्य, निर्मात्रीद्वय रिना बस्नेत र पद्मा लम्साल पनि सहभागी थिए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका निर्देशक एवं लेखक पीडितले दास प्रथाको रुपमा प्रचलनमा रहेको कम्हलरी प्रथाका कारण विगतमा थारु बालिकाहरुले भोग्नु परेको नारकीय जीवन र उनीहरुको मुक्तिको संघर्ष र सपनालाई चलचित्रमा चित्रण गरिएको बताए ।

विदेशमा विशेष प्रदर्शनपछि ‘लावाजुनी’लाई हलमा प्रदर्शन गरिने कार्यकारी निर्देशक पीडितले बताए ।

चलचित्र लावाजुनीमा छबिलाल कोपिला, अनिता महतारा, सुशीला चौधरी, ज्वाला खतिवडा, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको संगीत सन्तोष श्रेष्ठले गरेका छन् भने गीतमा कोमल वली, कुलानन्द गिरी, सतिस राजभण्डारी, स्वीकृति डाँगी र कोमलसरी घर्तीको स्वर रहेको छ । नृत्य निर्देशन नरेन्द्र चौधरीले गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने रिना बस्नेत, सम्झना जीएम, पद्मा लम्साल र बसन्तराज भट्ट निर्माता हुन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ८ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने