२०८१, १६ बैशाख आईतबार

काभ्रेमा जननिर्वाचित प्रतिनिधि भएपछि बाटो मर्मतमा सहज

काभ्रेमा जननिर्वाचित प्रतिनिधि भएपछि बाटो मर्मतमा सहज


काभ्रे । यसअघिका वर्षहरुमा बर्खामा विग्रिएको बाटो मर्मत नहुदाँ चाडपर्व नमाउन घर हिडेका यात्रुले निकै सास्ती ब्यहोर्नु परेको थियो । तर यो वर्ष भने काभ्रेमा त्यस्तो अवस्था खेप्नु नपर्ने भएको छ । सबैभन्दा बढी बिग्रने जिल्लाको कोशीपारी सडक यो वर्ष सञ्चालनमै छ । कोशीपारी हुदैँ रामेछाप जिल्लाको गोस्वाराँ, हिलेदेवी लगायत क्षेत्रमा समेत सडक जोडिएको छ ।

कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले परिषद्बाटै बर्खामा बिग्रिएको सडक मर्मतका लागि बजेट विनियोजन गरेको थियो । कोशीपारीमा ५ वटा सडक भएर रामेछापसम्म गाडी पुक्छन् । ती मध्ये दोलालघाट–कोलाँती–बिर्ता देउराली सडक मध्य बर्खामा समेत पहिलेको जस्तो महिनौँ दिनसम्म नबिग्रिएको गाउँपालिका प्रमूख दिनानाथ गौतमले जानकारी दिए । “यो सडकको बीच भागमा एउटा खोला पर्छ, उनले भने “खोलामा आएको भेल ग्याविनको तारजाली बगाउँदा दुई दिन बन्द भयो तर हामीले खुलाई हाल्यौँ ।” यो सहित अर्को दुई वटा सडक मर्मत पछि सञ्चालनमा आइसकेको छ । त्यस्तै बाँकी रहेको दुई वटा सडक पनि सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । “अघिल्ला वर्षहरुमा जिल्ला विकास समिति हुदाँ सडक मर्मतका लागि रकम छुट्याउन सबैको सहमति खोजिरहनु पर्र्थो, उनले भने “तर अहिले हामीले परिषद्बाटै बजेट विनियोजन गरेका छौँ, चाडवार्डमा बनाउन घर जाने यात्रुलाई सडकको कुनै अप्ठ्यारो हुने छैन् ।”

चुनावका बेला मतदाताका बीच उम्मेदवारहरुले सडक, खानेपानी, विद्यूत जस्ता थुप्रै आधारभूत कुराहरु पूरा गर्ने बचन दिएका थिए । त्यसै अनुरुप पनि गाउँगाउँमा काम भइरहेको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कमलप्रसाद धमलाको भनाइ छ । “पहिला पहिला कोशीपारी, डाँडापारीको कुनै एउटा गाउँबाट सडक मर्मत गर्न रकम माग्न जिविससम्म आइपुग्नु पर्र्थो, उनले भने “रकम स्वीकृत गरेर पठाउँदा निकै समय लाग्थ्यो तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।” स्थानीय स्तरमै बजेट, स्थानीयले नै योजना बनाउने भएका कारण झन्झटिलो नहुने र गुणस्तीय काम समेत हुने उनले बताए ।

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने