२०८१, ७ कार्तिक बुधबार

प्रधानमन्त्रीलेनै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली

प्रधानमन्त्रीलेनै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो : ज्ञवाली


नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको दाबी गरेको छ । हामीले सत्ता समिकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषयहरु थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाड बढाइरहनुपर्छ भन्नेमा थियौं ।

तर, यस बीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालबाला प्रधानमन्त्री स्वयम्ले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामू केही प्रश्न खडा भयो । कसैलाई सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्यो भन्दै पहल गर्नुभयो । त्यसको औचित्य र आवश्यकता के हो ?

गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो । तर, १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वभाविक हो । तर, यसपाली कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।

कांग्रेसले हामीसँग राजनीतक स्थायित्वका निम्ति फरकिलो सोचौं र तपाईंहरुले नै नेतृत्व गरेर सबैलाई समेट्ने वातावरण बनाउँ भनेर प्रस्ताव गर्यो । विदेशमा उहाँहरु जानुभएको छ । भ्रमण उहाँहरुले नै गर्नुभएको छ । आफ्नो थैलिको मुख बलियो गरी बाँध्न पर्छ अरुलाई दोष लगाउन उचित हुँदैन ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार  ९ : २५ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि