२०८१, ७ कार्तिक बुधबार

पूर्व गृहमन्त्रीका छोरा कारागार चलान

पूर्व गृहमन्त्रीका छोरा कारागार चलान


काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छमेरम प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार प्रतीकलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिनुभयो । अदालतको सो आदेशपछि प्रतीकलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । प्रतीक भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए । उनलाई अदालतले बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका बेचन झालाई पनि शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ । उनलाई शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २०८१, १९ असार मंगलबार  ९ : १६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि