२०८१, ६ कार्तिक मंगलबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा सडकबाट खस्यो

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा सडकबाट खस्यो


रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोशीमा दुर्घटनामा परेको छ ।

लिखु तामाकोशी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ‘बसमा सवार २५ जनामध्ये पाँच जना घाइते भएको प्रारम्भिक सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले सुनाए, ‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

’ उनले दुर्घटनामा परेको बसको नम्बर पनि खुलिनसकेको बताए । ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ । स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१, १५ असार शुक्रबार  १० : ०७ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि