२०८१, ३१ असार आईतबार

नेपालका कम्युनिष्टले पश्चिम बंगालबाट सिक्ने कि ?

नेपालका कम्युनिष्टले पश्चिम बंगालबाट सिक्ने कि ?


नीति,कार्यक्रम र विचारको आधारमा कम्युनिष्ट पार्टी बनेको हुन्छ । अहिले विचारको आधारमा संगठन गर्ने कुरा लगभग सकिए जस्तै छ ।
सामाजिक रुपान्तरणको अभियान पनि लगभग सकिएकै जस्तै छ । पार्टीको महत्वपूर्ण काम बिहे, ब्रतबन्ध, धर्मकर्मका कार्यक्रम, मलामी गएर लासमा झण्डा ओढाउने, किरियापुत्री भेटघाट गर्ने, जनताले तिरेको करबाट जम्मा भएको सरकारी बजेटबाट बनेको विकास निर्माणलाई मैले गरेको भनेर प्रचार गर्दै हिड्ने र बाटो हिड्दा भेटेका मानिसहरु सँग फोटो खिचेर जनताका बिचमा निकै सक्रिय भएको जस्तो देखाउन सामाजिक संजालमा प्रचार गर्ने गराउने काम राजनीति नेता र कार्यकर्ताको फेसन भएको छ । के कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको यस्तै दैनिकीले पार्टी सुदृढीकरण होला त ?
जनतामाथि परेका अन्याय र अत्याचारको विरोध, अभाव, गरीबी अन्यौलमा बाचेका जनतामाझ विस्वासको वातावरणको सिर्जना गर्दै वर्गीय आन्दोलनको पक्षमा भौतिक जनशक्तिको निर्माण र त्यसको लागि निरन्तर सचेत प्रयत्नको अभाव हुदै गएको छ । ब्यक्तिपुजा, बीरपुजा फष्टाउँदो छ । विचारधारा निभ्न लागेको बत्ती जस्तै भएको छ । यदि यसलाई कसैले निराशावादी र अराजकतावादी सोच भन्छ भने त्यसले वर्गीय राजनीतिको मुलभूत शार बुझेको छैन भन्नै पर्छ । यस्तै अवस्था रहिरहेमा नेपालको कम्युनिष्ट आन्दोलन पश्चिम बंगालको बाटोमा गएर बिसर्जन हुने दिन धेरै टाढा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमले देखाउन थालेकोे छ ।
रवि, बालेन र हर्कहरु नेपालको बामपन्थी आन्दोलनका लागि पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जी जस्तै प्रति ध्रुवीय राजनीतिका वाहन मात्रै हुन् भन्ने कुरा स्पष्ट छ । विचार र ब्यबहारमा एकरुपता नराख्नेहरुले माक्र्सवादी जनै भिरेर समाजवाद र साम्यवादको नाममा जतिसुकै भजन–किर्तन गाए पनि जनताले नपत्याउँदासम्म चुनावमा सामान्य बहुमत त आउँदैन, समाजवाद र साम्यवादको के कुरा ?जनताले त सिद्धान्त र कार्यक्रम हैन मुलतः ब्यवहार हेर्छन्, परिणाम हेर्छन् र मात्रै कता लाग्ने कसलाई जिताउने वा हराउने भन्ने फैसला गर्छन् ।
नेता र कार्यकर्ता निष्ठावान भए मात्रै जनताले जस्तोसुकै आँधिहुरीको सामना गर्छन्, हैन भने थाहै होला गत चुनावमा आफ्नै पार्टीका होनहार नेता कामरेडहरु लगायतका कार्यकर्ता, समर्थक र जनतालाई पार्टीको पक्षमा थेग्नको लागि कसरी पैसाको खोलो बगाउनु परेको थियो ? रक्सी र मासुको भोजभतेर लगाउनु परेको थियो ? यो कुनचाहिं वाद भित्र पर्छ ? माक्र्सवाद, लेनिनवाद र माओवाद वा जनताको बहुदलिय जनवाद भित्र कतापट्टी यसको सम्बन्ध छ ? यस्तो चरित्रको राजनीतिलाई पुष्पलाल, मदनकुमार भण्डारी, मनमोहन अधिकारी र निर्मल लामाले के नामाकरण गरेका थिए ? अन्य वुर्जुवा पार्टीकै सरह गिरेर कम्यनिष्ट आन्दोलन फष्टाउदैन भन्ने कुरा राजनीतिको कखरा पढ्नेलाई पनि थाहा छ ।
तर पनि चुनाव जित्नकै लागि भनेर खर्च गरिएको पैसा पनि खासै भरपर्दाे नहुने रहेछ भन्ने कुरा सिन्धुली जिल्लाको स्थानीय, संघ र प्रदेशको चुनावी परिणामले देखाएको छ । यसबाट हामीले पाठ सिक्ने कि नसिक्ने ?सिक्नु पर्छ र सच्चिनु पर्छ, यो तलबाट हैन, केन्द्रबाटनैं सुरु गर्नु पर्छ । नत्र अब पश्चिम बंगालको बामपन्थी मोर्चाको ३० बर्षे राजनीतिक यात्रा सकिए जस्तै सिद्धिने बाहेक अर्को विकल्प त बाकी नै रहदैन ।गत चुनावमा सबै बामपन्थीले पाएको सम्पूर्ण जनमतको खस्कदो तथ्यांकले यस्तै संकेत गरिरहेको छ ।
विचार र सिद्धान्त प्रति निष्ठा नभए पछि जसले धेरै पैसा दिन्छ भोट त्यतै तिर ओईरिन्छ । त्यति गर्दा पनि चुनाव नजित्ने अवस्था भएमा सबै उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरु गठबन्धन गरेर सच्चा बामपन्थी शक्तिको विरुद्धमा उभिन्छन् । साँठगाँठ, षडयन्त्र र पैसामा पुँजिवादी राजनीतिको प्राण टिकेको हुन्छ ।
पश्चिम बंगालका माओवादीहरुले बन्दुक बोकेरै बामपन्थी मोर्चाको सरकारलाई सिद्धयाउन ममता वनर्जीको पक्षमा खुलेआम लागेका थिए, आज हाम्रो देशमा हिजो बन्दुक बोकेको माओवादी लगायतका आफुलाई कम्युनिष्ट भन्नेहरु दलाल पुजीवाद र साम्राज्यवादको बफादार नोकर भएर नेपाली जनताको रोजाईको पहिलो पार्टी नेकपा एमालेलाई कमजोर पार्न घेराबन्दी गरिरहेका छन् ।
यतिबेला प्रचण्ड र माधब नेपाललाई लाग्दो हो, सबभन्दा पहिले एमालेलाई सिध्याउने हो । त्यसपछि बल्ल हाम्रो अस्तित्व रहन्छ । अहिलेको अबस्थामा मुलतः प्रचण्ड र माधब नेपालको पार्टी त सिद्धिएकै छ, एमाले कमजोर भएको अवस्थामा प्रतिक्रियावादीहरुले यिनको बचेखुचेको शक्तिलाई एकै झड्कामा स्वाहा बनाउन खासै गाह्रो काम होइन । जसरी पश्चिम बंगालको बामपन्थी पार्टीलाई पराजित गरे पछि भारतका माओवादीहरुलाई बंगालमा मात्रै नभएर सिंगो भारतमा यात आत्मसमर्पण गराईयो यात दोहोरो मुठभेडको नाममा कत्लेआम गरेर सखाप पारियो । अहिले भाकपा माओवादीलाई राजनीतिक अस्तित्व जोगाउन नैं धौधौ परिरहेको छ ।
अन्त्यमा, वर्तमान नेपालको सन्दर्भमा नेपाली कांग्रेसको भू–मण्डलीय उदारिकरण तथा निजीकरणको आर्थिक सामाजिक राजनीति असफल सावित भएकोले रवि, बालेन र हर्कहरुलाई वैकल्पिक ट्रायल पिसको रुपमा उभ्याउने देशी विदेशी शक्तिहरुले गगन थापा र विश्व प्रकाश लगायतका युवा कांग्रेसीहरुलाई जोडेर छुट्टै वैकल्पिक शक्तिको निर्माण गर्ने ध्याउन्नमा रहेको कुरा दिनको घाम जतिक्कै छर्लङ्ग छ ।
यसको उदेश्य जसरी हुन्छ पूर्ण बहुमतको गैर बामपंथी पार्टीको सरकार बनाउनकै लागि बाम आवरणका प्रचण्डलाई अहिले भड्किलो पाराले सिगारेर एमालेको विरुद्धमा प्रयोग गरिंदैछ । पहिले २०६४ सालमा उग्रवामपन्थी हुन खोज्दा कमजोर भएको माओवादी अहिले अति दक्षिणपन्थी भएर सिद्धिने बाटोमा अघि बढेको देखिदैछ । प्रचण्ड र माधब नेपालको पार्टीको हकमा भोलि के हुन्छ ? भारतका महाकालेश्वर भगवानले रक्षा गरून् मात्रै भन्न सकिन्छ । तर नेकपा एमालेले आफ्नो नीति, विचार र कार्यक्रममा दृढ रहदै दोहोरो र अपारदर्शी कार्यशैलीलाई सच्याएर जनतामाझ घनिष्ठ सम्बन्धको विकास गर्न जरुरी छ । किनकी मिसन ८४ मा एमालेको पूर्ण बहुमतको सरकार बनाउनै पर्छ नत्र यो देशकै अस्तित्व संकटमा पर्ने देखिन्छ । धन्यवाद ।
अस्तु

  • शान्तिमान कार्की
    लेखक नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सचिवालय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१, ८ असार शुक्रबार  ११ : ३२ बजे

एडिविको आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको विद्यालय भवन अलपत्र, शिक्षा मन्त्रालय बन्यो रमिते !

एशियाली विकास बैंक एडिविकोे आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको गौमती माध्यमिक

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा सडकबाट खस्यो

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान रामेछापको

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानूनी व्यवस्था गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

जसपाबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएपछि सो पार्टी परित्याग गरेंः आरमान खॉ

बिरगञ्जः कालिकामाई गाउपालिको जनता समाजवादी पार्टी नेपालका नेता आरमान खांले

युवा लक्षित कार्यक्रम पेश गर्न नगरउपप्रमुखसँग माग

सिन्धुली: कमलामाईका ६ वटै वडाका युवाहरुले नागरिक अंकपत्र कार्यान्वयनको क्रममा