२०८१, ७ कार्तिक बुधबार

युवा लक्षित कार्यक्रम पेश गर्न नगरउपप्रमुखसँग माग

युवा लक्षित कार्यक्रम पेश गर्न नगरउपप्रमुखसँग माग


सिन्धुली: कमलामाईका ६ वटै वडाका युवाहरुले नागरिक अंकपत्र कार्यान्वयनको क्रममा उजागर भएका सवाललाई संक्षेपीकरण गरी आगामी वार्षिक कार्यक्रममा समावेश गराउन नगरउपप्रमुख मार्फत कमलामाई नगरपालिकामा पेश गरेका छन् ।

स्वास्थ्य तर्फका २१ र शिक्षा तर्फका १५ गरी ३६ वटा सवालहरुको सूची पेश गर्दै युवाहरुले सबै सवाललाई सम्बोधन गर्नका लागि नगर प्रमुख मञ्जु देवकोटालाई अनुरोध समेत गरेका छन् । युवा संलग्नता अधिकृत सदीक्षा न्यौपानेले भनिन्ः नगरपालिकाले समेत यसलाई सकारात्मक रुपमा लिएको र कार्यपालिका बैठकमा छलफल गरिने नगर उपप्रमुखले बताउनुभएको छ ।
युवाहरुले पेश गरेको सवालहरुको सूची बुझदै नगर उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले उठान गर्नुपर्ने विषय र सवाललाई युवाहरुले पहिचान गरी ल्याएकोमा खुशी व्यक्त गरिन् । हामी वार्षिक विकास कार्यक्रममा समावेश गर्ने योजना संकलन गर्नका लागि टोल तहमा त जाने गरेका थियौं, तर विद्यालय र स्वास्थ्य संस्थामा पुग्न सकेका थिएनौं, नगर उपप्रमुख देवकोटाले भनेकी थिइन् । -उद्धव श्रेष्ठबाट

प्रकाशित मिति : २०८१, ६ असार बुधबार  ९ : ०८ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि