२०८१, १७ बैशाख सोमबार

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित


काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुँदा  प्रतिष्पर्धी पुडासैनीले १६ मत प्राप्त गरिन् । विजयी भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

उनले भने, ‘म आफ्नो व्यक्तिगत तथा राष्ट्रिय सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार ३ सय ३८ मत प्राप्त गर्दै उनले कांग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् ।

प्रकाशित मिति : २०८०, २८ चैत्र बुधबार  ५ : ४४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने