२०८१, २२ बैशाख शनिबार

एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशन केवल कुनै पात्र नेतृत्वमा आउने र नयाँ कमिटी बन्ने मात्रै त होइन ?

एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशन केवल कुनै पात्र नेतृत्वमा आउने र नयाँ कमिटी बन्ने मात्रै त होइन ?


हामी यतिवेला नेकपा (एमाले) सिन्धुलीको ८ औं जिल्ला अधिवेशनको समुखमा हामी छौं । अहिले पार्टी शुभेच्छुक, मतदाता, कार्यकर्ता र आम सिन्धुलीका जनसमुदायको ध्यान नेकपा एमालेको अधिवेशन तर्फ आकर्षण भइरहेको छ । ८ औं जिल्ला अधिवेशन पनि विगतकै अधिवेशनहरु जस्तै कर्मकाण्डी नेतृत्व चयनको लागि केवल रंगमंच मात्रै हुने पथ तर्फ केन्द्रित हुँदैछ । केवल ‘नेतृत्वमा म हुने कि फलानो हुने, मेरो हुने कि तेरो हुने, यो आउने कि त्यो आउने’ चर्चा मात्रै चुलिंदो छ ।
नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन केवल कुनै पात्र नेतृत्वमा आउने र नयाँ कमिटी बन्ने मात्रै त होइन ? आगामी एमाले कस्तो बनाउने भन्ने अधिवेशनको गरिमा र महत्वका विषयमा भन्दा केवल नेतृत्व चयनमा मात्रै नेताहरु केन्द्रित भइरहेका छन् ।
एमाले सिन्धुलीमा निम्न कुराहरुमाथि बहरु जरुरी देखिएको छ ।
१. सिन्धुली जिल्लामा नेकपा एमालेको संगठनलाई गतिशील बनाउदै आगामी निर्वाचनमा कसरी सबै स्थानमा नेकपा एमाले लाई स्थापित गराउन कसरी सकिन्छ भन्ने विषयमा बहस हुन जरुरी छ ।
२. समाजमा आम जनमत ठुला र पुराना दल प्रति किन आक्रोशित हुँदैछन्, जनताले नयाँ बैकल्पिक दलहरु प्रति रुचि देखाइरहेका छन् ? यसको समिक्षा र बहस गरेर समाधानको योजना खोजिनु पर्दछ ।

३. नेकपा एमालेको पहलमा सिन्धुली जिल्लालाई अबको ५ बर्षमा कुन तहको समृद्धिको स्तरमा पुया¥उने हाम्रो परिकल्पना हो ? यस्ता विषयमा जिल्ला स्थित अन्य राजनैतिक दल, सरोकारवाला र जनमानसको बीचमा सार्वजनिक बहसका फोरमहरु चल्नुपर्छ ।
४.नेकपा एमालेले नेतृत्व गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको समिक्षा मुल्यांकन र भोलिको योजनाको बारेमा बहस गर्न जरुरी छ ।
५.आम कार्यकर्तालाई केवल फुलटाइमर राजनीतिक जिम्मेवारीमा राखी बेरोजगारीको कारखानामा परिणत गर्ने कि उत्पादन व्यवसायीकता र स्व–रोजगारी बनाउन कस्तो योजना बनाउन सकिन्छ बहस हुन जरुरी छ ।
६. अब बन्ने नेतृत्वले पार्टीलाई कसरी संचालन गर्ने योजना छ । अवसरहरु केवल केही व्यक्तिले पाउने कोही पार्टी भित्र जीवन नै समाप्त हुँदा पनि अवसरबाट बञ्चित भई राजनैतिक जोगि हुने जस्ता गलत परिपाटीको अन्त्य गरि समावेशी तवरले सबैलाई अवसर र जिम्मेवारी प्रदान कसरी गर्न जरुरी छ ।
आदरणीय कमरेडहरु नेकपा एमाले जस्तो रास्ट्रवादी, अग्रज नेतृत्वको पसिना र सहिदको बलिदानीले आजको दिनसम्म जनमतको हिसाबले देशको प्रमुख राजनैतिक पार्टीको जिल्ला अधिवेशन केवलको नेतृत्व म हुने कि अरु हुने ? मेरो हुने कि तेरो हुने ? अवस्थाबाट मात्रै अधिवेशन समापन नहोस् । नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन कम्युनिष्ट भुमिको अधिवेशन सहिद ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलवहादुर रजन मगर, शेरमान कुँबर लगायत थुप्रै योद्धाहरुको भूमिको अधिवेशन ऐतिहासिक बनोस् । आम जनसमुदाय, कार्यकर्ता शुभेच्छुकको लागि भव्य रहोस् फरक राजनैतिक दलको लागि अनुशरण गर्ने खालको होस् । अन्य कम्युनिष्ट पार्टीका नेता कार्यर्ताको आकर्षणको केन्द्र बनोस् शुभकामना ।

प्रकाशित मिति : २०८०, २३ चैत्र शुक्रबार  १० : ५० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने