२०८१, १८ बैशाख मंगलबार

अब म आत्महत्याको अवस्थामा पुगिसकें : रेशम चौधरी

अब म आत्महत्याको अवस्थामा पुगिसकें : रेशम चौधरी


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् ।

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । पार्टी केन्द्रीय समितिको निर्णय समेत केही मानिसहरूले नमान्दा अहिलेको परिस्थिति आएको बताए । उनले यो भनाइ श्रीमती समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीतिर लक्षित गर्दै दिएका हुन् ।

‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपें । मलाई थाहा छ, यो विरुवा कुन जातको हो । आँपको कि स्याउको कि ओखरको हो ? तीन महिनादेखि खाना खाएको छैन’, उनले भने, ‘आत्महत्या गर्ने परिस्थितिसम्म पुर्‍याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौँ भन्छन् । अर्काको इशारामा हामी नचलौँ, हाम्रो निर्णय गरौँ भन्दा किन नमान्ने ?’ उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएर यस्तो भएको छ । अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको छ । त्यहीकारण यस्तो भइरहेको छ’, उनले थपे, ‘जुन कुरा जगजाहेर छ । नागरिक उन्मुक्ति पार्टी अर्काको निर्णयमा किन चल्ने ? हामी हाम्रो निर्णयमा चल्नु पर्छ ।’

प्रकाशित मिति : २०८०, १९ चैत्र सोमबार  ६ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने