२०८१, २० बैशाख बिहीबार

बाग्मती सरकारमा एमाले सहभागी, संसदीय दलका नेता थपलिया आर्थिक मामिला मन्त्री

बाग्मती सरकारमा एमाले सहभागी, संसदीय दलका नेता थपलिया आर्थिक मामिला मन्त्री


हेटौंडा । नेकपा एमाले बाग्मती प्रदेश सरकारमा सहभागी भएको छ । एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहनुभएका केन्द्रीय सदस्य तथा सांसद जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गर्नुभएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको चालू प्रदेश सरकारमा थपलिया दोस्रो पटक मन्त्री बन्नुभएको हो ।

यसअघि २०७९ पुस २६ गते पनि थपलिया आर्थिक मामिलामन्त्री बन्नुभएको थियो । बाग्मतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको शपथ लिइसक्नु भएको छ ।

योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूवार्धार विकास र सामाजिक विकास मन्त्रालय परेको छ । नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ ।

प्रकाशित मिति : २०८०, १८ चैत्र आईतबार  ६ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने