२०८१, १० बैशाख सोमबार

पार्टीलाई मजबुत र सुदृढ बनाउन नेता कार्यकर्ताहरुलाई पढाउदैं संखुवासभा एमाले

पार्टीलाई मजबुत र सुदृढ बनाउन नेता कार्यकर्ताहरुलाई पढाउदैं संखुवासभा एमाले



खाँदबारी ।  नेकपा एमाले जिल्ला कमिटी संखुवासभाले पार्टी कार्यकर्ताहरुलाई सक्षम र सवल बनाएर तल्लो तहसम्म पार्टीलाई सुदृढ बनाउन खाँदवारीमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 

नगरपालिकाको सभा हलमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन नेकपा(एमाले) पार्टीका उपमहासचिव प्रदिप ज्ञावलीले गर्नु भएको छ । पार्टी अध्यक्ष खड्ग राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरुको सहभागीता रहेको छ । 

अभिमुुखीकरणको पहिलो दिन नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले दशौं राष्ट्रिय महाधिवेशनका कार्यदिशा र समाजवादका आधारहरुको विषयमा सहजिकरण गर्नु भएको छ । यस्तै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जीवन घिमिरेले माक्सवाादी विश्वदृष्टिकोण,  पार्टी सुद्दीकरण र सुदृढिकरणका विषयमा पार्टीका तर्फबाट गर्न पर्ने कार्यहरुबारे केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सहजिकरण गर्नु भएको छ । जिल्ला पार्टी अध्यक्ष खड्ग राईले अभिमुखीकरण पछि गरिने १५ दिने जनअभियानको योजना तथा बार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको छ । 

बुधबार पार्टी र जनसङ्गठनबीचको अन्तरसम्बन्ध र प्रभावकारी परिचालनबारे केन्द्रीय सदस्य तुलसीप्रसाद नेउपाने,  स्थानीय तहको विकास र परिचालनमा जनप्रतिनिधिहरुको अगुवाईबारे केन्द्रीय स्थानीय तह विकास विभाग सदस्य मुरारीप्रसाद खतिवडा,  जनताको बहुदलीय जनवाद र क्रान्तिका चरणहरुबारे स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र सोसियल मिडियाको प्रयोग र उपयोगमा पार्टी नेतृत्व र कार्यकर्ताहरुको सहभागिताबारे प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज देवेन्द्र कार्कीले सहजिकरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनु भयो । 

कोशी प्रदेशमा १४ जिल्ला मध्य सबै भन्दा अगाडी जिल्ला अधिबेशन गरेको संखुवासभाले पहिलो पटक जिल्ला कमिटी र माथिल्लो कमिटीका नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण कार्यक्रम गरि टोलटोलमा संगठन सुदृढीकरण र सदस्यता नविकरणमा खटाउन लागेको हो । १५ दिने पार्टी निर्माण अभियान संचालन गरिने अध्यक्ष राईले जानकारी दिनु भएको छ । 

प्रकाशित मिति : २०८०, १४ चैत्र बुधबार  ६ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने