२०८१, १२ श्रावण शनिबार

एमाले उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान

एमाले उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

उपाध्यक्ष पौडेल बिहान पौने १० बजे हिमालयन एयरलाइन्सको उडान नं। एच ९–७८७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका लागि उडेको बताइएको छ । वामपन्थी वृतमा पौडेल चीननिकट भनेर चिनिन्छन् । एमाले र माओवादीको सत्ता समीकरण मिलाउन उनले भित्रभित्रै महत्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि नौं दिने चीन भ्रमणमै छन् ।

प्रकाशित मिति : २०८०, १३ चैत्र मंगलबार  १२ : ३८ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्