२०८१, ९ बैशाख आईतबार

पचास लाख दिने सर्तमा भएको थियो रसियाको कन्सर्ट हलमा आतंकवादी आक्रमण

पचास लाख दिने सर्तमा भएको थियो रसियाको कन्सर्ट हलमा आतंकवादी आक्रमण


एजेन्सी÷रुसमा एक सय चालीसजनाको ज्यान जानेगरी भएको हमलामा संलग्न व्यक्तिहरुले उक्त घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि पश्चिमाहरु कसरी एक देशका विरुद्ध आक्रमण गराउँछन् भन्ने तथ्य सार्वजनिक भएको छ । रसियाली अनलाइन समाचार पत्र आरटीन्यूजले सार्वजनिक गरेको भिडियो रिपोर्टमा ५० लाख रुबेलमा चारजना संदिग्ध आतंकवादी समूहले सो आक्रमण गराएको तथ्य खुलेको हो ।
मस्को नजिकैको क्रोकस सिटी कन्सर्ट हलमा शुक्रबारको गोलीबारीका पछाडि संदिग्ध आतंकवादी मध्येका ताजकिस्तानका नागरिकले सोधपुछको क्रममा आफूले ५० लाख रुबेलमा सो आक्रमणको जिम्मा लिएको र सो रकम आफ्नो बैंक खातामा जम्मा भइसकेको बयान एफ एसबीलाई दिएका छन् ।
चार सहित ११ संदिग्धलाई युक्रेनी सिमा क्षेत्र ब्रान्स्कबाट पक्राउ गरिएको एफएसबी सुरक्षा सेवाले पुष्टि गरेको बताउँदै आरटी अनलाइनले अहिले उनीहरुलाई हिरासतमा राखिएको उल्लेख गरिएको छ ।
भिडियो फुटेजमा दाह्री भएको मानिस भुइँमा सुतेको र भाँचिएको रुसी भाषामा वर्णन गरिरहेको देखाइएको छ कि उसलाई आतंकवादी हमला गर्न कसरी भुक्तानी गरिएको थियो ।
घटनामा संलग्न भएका भनिएका ती व्यक्ति भन्छन्ः कि शुक्रबारको अत्याचार गर्नुअघि उनी टर्कि गएका थिए । शुक्रबार साँझ क्रोकस सिटी कन्सर्ट स्थलमा उनले गरेको आक्राण वारे सोधिएको जिज्ञासामा उनले जवाफ दिएः “मैले गोली हानेको छु, मानिसहरू मरेका छन् । संदिग्धले थपेका छन्ः यो सबै “पैसाको लागि” लागि गरिएको अपराध थियो । सो आक्रमण सफल गरेवापत ५० लाख रपैयाँको सौदावाजी गरिएको थियो ।
बयानका क्रममा संलग्न अपराधीले आफ्नो डेबिट कार्डमा आधा रकम ट्रान्सफर भइसकेको बयान दिएका छन् जुन कुरालाई रसियाली सुरक्षा अधिकारीहरुले पनि पुष्टि गरेकाछन् ।

उक्त व्यक्तिले बयानका क्रममा यो पनि भनेका छन् कि सुपारी दिनेहरु, जसलाई उसले व्यक्तिगत रूपमा चिन्दैन, टेलिफोन उक्त योजना डिल भएको र घटनाको १३ दिन अगाडि ५० लाख दिनेगरी सहमति बनेको थियो । तीनै व्यक्ति मार्फत आक्रमणकारीहरूको लागि हतियार र सवाधरी साधनको व्यवस्था गरेको थियो ।
संदिग्धका अनुसार, उनले करिव लगभग एक महिना अघिबाट रुसमा आक्राणकारी योजना बनाएपनि शुक्रबारको कन्सर्टलाई पहिलो आक्रमणको निशाना बनाउन एक जना पश्चिमा प्रचारकले सम्पर्क गरेका थिए ।
आक्रमणकारीको पहिलो भिडियो क्लिप सार्वजनिक गरेको रसिया टूडेले केही समयपछि थप भिडियो फुटेजहरु सार्वजनि गरेको छ । अर्का संदिग्ध आतंकवादीलाई दोभाषे मार्फत बोलिरहेको देखिएको छ ।
१२ दिन अगाडि चिनजान भएका व्यक्तिले कार किनेको र सोही कार उक्त आक्रमणमा प्रयोग भएको बयान गरेका छन् । सेकेण्ड ह्याण्डको उक्त कार सम्भवतः यसलाई ट्याक्सीको रूपमा प्रयोग गर्ने उद्देश्यले किनेको हुनसक्ने प्रहरीलाई दिएको बयानमा देखिएको छ ।
रुसी राजधानीको पश्चिमी बाहिरी भागमा रहेको क्रास्नोगोर्सकको क्रोकस सिटी हलमा गएको शुक्रबार साँझ भएको उक्त आतंकवादी हमलामा १ सय ४० जनाको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएका थिए । आक्रमणपछि भागेका दर्जनौं संरक्षकहरूलाई गोली हानेपछि आक्रमणकारीहरूले हलभित्रका कुर्सीहरूको पङ्क्तिमा आगो लगाएको र उक्त आगोले तुरुन्तै भवनको छाना सहित धेरैजसो भागलाई जलाएको थियो ।
मस्कोको अदालतका न्यायाघीस न्यायाधीश तैमुर वखरामीभले घटनामा संलग्न ३२ वर्षीय दलर्दजोन मिर्जोएभ विरुद्ध आतंकवादको अभियाग लगाइएको बताएका छन् । उनी दोषी प्रमाणित भएमा आजीवन कारावासको सजाय भोग्नुपर्नेछ । न्ययाधीस वखरामीभले मिर्जोएभले आफ्नो अपराध स्वीकार गरेको बताए ।
चार छोराछोरीका बुबा मिर्जोएभलाई दुई महिनाको र्पूपक्ष हिरासतमा राखिएको छ, जुन यस प्रकृतिका केसहरूको लागि रूसमा सामान्य अभ्यास मानिन्छ । दोस्रो व्यक्ति सैदाकर्मी रचाबलिजोडले पनि अपराध स्वीकार गरेको बताइएको छ । एकका बुबा आफ्नो दाहिने कानमा पट्टी लगाएर देखा परेका थिए, उनको गिरफ्तारीको क्रममा चोट लागेको थियो । उनलाई पनि दुई महिना हिरासतमा पनि राखिएको छ । अदालतले थप दुई प्रतिवादी मुहम्मदसोबिर फैजोभ र शम्सिदिन फरिदुनीलाई पक्राउ गर्नका लागि आदेश पनि जारी गरेको छ । उनीहरु पनि मे २२ सम्म हिरासतमा रहने अदालतले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १२ चैत्र सोमबार  ९ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने