२०८१, १२ बैशाख बुधबार

अबको कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन्छ : महासचिव पोखरेल

अबको कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन्छ : महासचिव पोखरेल


सुर्खेत । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस पटक कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् । एमालेको सुर्खेत जिल्ला कमिटीको नवौँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यस पटक एमालेले पाउने बताएका हुन् ।

कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठिक नभएको पनि उनले बताएका छन् । ‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौँ भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘अगाडि बढेर उहाँहरूले नै भन्नु पर्छ, उनले भने, ‘हामीले धेरै पटक नेतृत्व गर्‍यौँ कमरेड, अब एक पटक तपाईहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौँ ।’

एमालेले मधेश र कर्णाली बाहेक बाँकी पाँच प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताएका छन् । ‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनु भएको छ । एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनु पर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्विकार्नुप र्छ । स्वागत गर्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २०८०, ९ चैत्र शुक्रबार  ६ : ३६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने