२०८१, १४ बैशाख शुक्रबार

कमलानदीमा अबैद्य उत्खनन्, नगरप्रमुख पोखरेल भन्छन्ः राजस्व नतिर्ने र अटेर गर्नेलाई कारबाही गर्छौं

कमलानदीमा अबैद्य उत्खनन्, नगरप्रमुख पोखरेल भन्छन्ः राजस्व नतिर्ने र अटेर गर्नेलाई कारबाही गर्छौं


सिन्धुलीः राज्य शक्तिको आडमा प्राकृतिक स्रोतको दोहन कसरी भइरहेको छ भन्ने कुरा हेर्न विपी राजमार्ग छेउमा रहेको क्रसरको उत्खनन् हेरे पुग्छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं ८ स्थित बिपी राजमार्गसँगै जोडिएको सिएस कन्ट्रक्सन एण्ड कंंक्रिड प्रोडक्सन प्रा.लिले सिस्नेरीमा कमला नदीको गिटी र वालुवा गैर कानूनी रुपमा उत्खनन् गरिरहेको देखिएको छ ।
उक्त प्रालिले अबैध रुपमा उत्खनन् गरेपछि नगर प्रहरीले पटक पटक सञ्चालकलाई चेतावनी दिएर छोडेको थियो तर पटक पटक अटेर गरेपछि बुधवार उत्खनन् गरिरहेको अबस्थामा नगरप्रहरीले स्काभेटरको चावी खोसेर नगरपालिकामा बुझाएको थियो तर राजनैतिक दबाबमा उक्त चावी बहिवार बिहान सञ्चालकले फिर्ता लगेपछि प्राकृतिक स्रोतको संरक्षणमा लागिरहेका नगरप्रहरीको बनोबल गिरेको छ । त्यसैगरी अबैध उत्खनन्मा लाग्नेहरुको मनोबल उच्च मात्रै बनाएको छैन, हामीलाई कसैले कारबाही गर्न सक्तैन भन्ने सन्देश कारबाही नगरी राजनैतिक दबाबमा स्काभेटरको चाबी जिम्मा लगाएको घटनाबाट पुष्टि गरेको छ ।
गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल दुधौलीको नगर अस्पताल भवनको उद्घाटन गर्न आएको दिन फर्कने क्रममा साँझ सिन्धुलीका पत्रकारहरुले उक्त कम्पनीले अबैध रुपमा उत्खनन गरिरहेको भिडियो र फोटो खिचेका थिए भने उक्त भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो ।
उक्त अबैध उत्खनन्बाट हैरान भएको कमलामाई नगरपालिकाले उक्त क्रसरलाई पटक पटक पत्र काटेको थियो । गएको माघ १९ गते नगरपालिकाले एउटा पत्र काटेको थियो । उक्त पत्रमा भनिएको थियोः प्रस्तुत विषयमा बालुवा प्रशोधन वासिंग प्लान्टले वासिंग प्लान्ट सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ कहाँबाट कसरी प्राप्त गरेको हो ? सो बिबरण र निश्कासन परिणामको बिबरण तपशिलको तालिका बमोजिम यथासिध्र उपब्ध गराई दिनुहुन अनुरोध गर्दछु ।
नगरपालिकाले यस अगाडि पनि सोही व्यहोराको पत्र काटेको अभिलेखबाट देखिएको छ । पटक पटक नगरप्रहरी र राजस्व शाखाका कर्मचारीले अबैद्य उत्खनन रोक्न प्रयास गरेपनि त्यसलाई अटेर गरेर सञ्चालकले सिंगो जनप्रतिनिधी र स्थानीय सरकारलाई चुनौती दिइरहेको जानकारहरु बताउने गर्छन् । सिएस कन्ट्रक्सनकी सञ्चालक कुमारी दुर्गा श्रेष्ठले गएको माघ २२ गते नगरपलिकाले पठाएको पत्रको जवाफमा कन्ट्रक्सन मातहत रहेका वासिंङ प्लान्ट उद्योग सञ्चालनको लागि आब २०७९÷०८० कमला नदी करकरेदेखी भिमान खण्ड आईइई क्षेत्र भित्रको ६०४२ घनामिटर नदीजन्य पदार्थ उत्खनन् संकलन र बिक्रीको ठेका यस कम्पनीले पारी उत्खनन् बिक्री बितरण र निश्कासन गरी बाँकी स्टक रहेको कच्चा पदार्थको परिणाम बिबरण तपशित बमोजिम पत्रमा उल्लेख गरिएको छ ।
जवकी यस क्षेत्रमा बिहान, दिउँसो र साँझ स्काभेटरले कमला नदी क्षेत्रबाट वालुवा उत्खनन् गरिरहेको स्थानीय वासिन्दा र नगरपालिकाका अधिकारीहरु बताउने गर्छन् । स्थानीय वासिन्दाहरुले उक्त अबैद्य उत्खनन् रोक्न पटक पटक ८ नं. वडा कार्यालय र वडाध्यक्षलाई अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको बताउँछन् ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सिस्नेरी क्षेत्रको नदीजन्य अबैद्य उत्खनन् बन्द गर्ने बताउनुभएको छ । शुक्रवार बिहान प्रदेशखबरसँग कुरागर्दै करको दायरामा पनि नआउने र पटक पटक पत्र लेखेर ताकेता गर्दा पनि अबैद्य काम नगरोकिएपछि नगरपालिकाले बाध्य भएर स्थानीय प्रशासनको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
उहाँले अगाडि बढाउनु भयोः कमलामाई नगरपालका भित्रका कुनै पनि अबैद्य उत्खनन् रोक्न र दोषीलाई कारबाही गर्ने कुरामा हामी ढृढ छौं, अब कसैले पनि अबैद्य उत्खनन् गर्न पाउने छैनन् ।

प्रकाशित मिति : २०८०, २ चैत्र शुक्रबार  ८ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने