२०८१, १६ बैशाख आईतबार

रेशमले स्टाटस लेख्दा सँगै थियौं अब कुनै विवाद छैन : अध्यक्ष रञ्जिता

रेशमले स्टाटस लेख्दा सँगै थियौं अब कुनै विवाद छैन : अध्यक्ष रञ्जिता


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने स्पष्ट पारेकी छिन् । बुधबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने दावी गरेकी हुन् ।

श्रेष्ठले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको पनि बताएकी छिन् । उनका श्रीमान समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए ।

अध्यक्ष रञ्जिताले पार्टी संरक्षक रेशम चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएको दावी समेत गरेकी छन् । मंगलबार श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाएकी थिइन् । तर, संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा बरु संवाद गर्न सकिने भए पनि केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिन नहुने र प्रतिपक्षमा बस्नु पर्नेलगायत दुई बुँदे निर्णय गरेका थिए । श्रेष्ठ र चौधरीबीचको विवादले अन्योल बनेको थियो ।

प्रकाशित मिति : २०८०, ३० फाल्गुन बुधबार  ७ : ५६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने