२०८१, १० बैशाख सोमबार

सिन्धुलीको फिक्कलमा फस्टाउँदै व्यवसायिक बाख्रा पालन

सिन्धुलीको फिक्कलमा फस्टाउँदै व्यवसायिक बाख्रा पालन


सिन्धुलीः फिक्कल १ नागदहका किसान छबिरमण विश्वकर्मा (४७) ले केही दिन अगाडि आफ्नो घरको ब्याडे बोका ५० हजार रुपैयाँमा बिक्री गरे । यातायात ब्यवसायी रामकुमार कार्कीले उनको घरमा पालिएको बोका आफूलाई बेच्न पटक पटक ताकेता गरेपछि विश्वकर्माले पनि ६ वर्षसम्म व्यवसायिक बाख्रा उत्पादनका लागि राखेको उक्त बोका ५० हजार रुपैयाँमा बेचेका हुन् ।
काम केही पनि पाइन भन्दै सरकार र पार्टी नेतृत्वलाई धारे हात लगाउँदै निराशाको भारी बोकेर बैदेशिक रोजगारीका लागि खाडी मूलुकमा पसिना बगाउने युवाहरुलाई प्रेरणाको पाठ पढाउँदै विश्वकर्माले अहिले व्यवसायिक रुपमा ६० वटा खसी बोका पालिरहेका छन् । उनले उत्पादन गरेको खसी र बोकाहरु अहिले राजधानी काठमाडौसम्म पुग्ने गरेको पाइएको छ ।
आफ्नै गाउँका किसानले ५० हजारमा बोका बिक्री गरेको खबर सुनका माओवादी केन्द्र सिन्धुलीका नेता बिक्रम सुनुवार लेख्छन्ः फिक्कल गाउँपालिका १ नागदह निवासी छविरमण विश्कर्माले पालेको व्याडे बोका ५० हजारमा बिक्री गरेको थाहा पाएँ, क्रेता र बिक्रेता दुबैलाई बधाई छ । नेता सुनुवार गाउँमैं बसेर पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने तस्विर छविरमणले देखाएको बताउँछन् ।
छविरमण भन्छन्ः पहिला पहिला त बाख्रा पालेर पनि पैसा कमाउन सकिन्छ र ! भन्ने लागेको थियो, गाउँपालिका अध्यक्ष र सिसिसिएसका अध्यक्षको निरन्तर सहयोगले हामीलाई यहाँसम्म ल्याईपु¥याएको छ । वार्षिक रुपमा ५ लाख रुपैयाँ खसी र बोका बिक्रीबाट आम्दानी हुन थालेपछि भने हामीलाई गरेपछि हुने रहेछ त भन्ने लाग्न थालेको छ ।
सरकारले कृषि तथा पशुपालका लागि दिंदै आएको अनुदान रकम दुरुपयोग गरिएको समाचारहरु प्रकाशनमा आएका बेला सिन्धुलीको फिक्कल गाउँपालिकामा भने व्यवसायिक रुपमा बाख्रा पालन गर्ने किसानहरुमा बढोत्तरी आएको छ ।
फिक्कललाई बाख्राको पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि गाउँपालिकाले विभिन्न व्यवसायिक योजनाहरु अगाडि बढाएपछि अहिले फिक्कलमा गएको वडादशैंदेखी खसी बोकाहरुको उत्पादनमा बढोत्तरी आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको ७५ प्रतिशत लगानी र २५ प्रतिशत हेफरको प्राविधिक लगानी एवम् सामुहिक सरोकार समाजको व्यवस्थापनमा थालिएको व्यवसायिक बाख्रा पालन कार्यक्रमले त्यहाँबाट उत्पादन हुन थालेको खसी तथा बोकाहरु सिन्धुलीको बजारमा नभई राजधानी काठमाडौंसम्म खपत हुन थालेको पाइएको छ ।
गाउँपालिकाले व्यवसायिक रुपमा बाख्रा पालनमा किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले उन्नतजातका बोका र पाठीहरु बितरण गर्दै आएको र त्यसका लागि पालिकाको तर्फबाट २ करोड बढी रकम लगानी गरेको अध्यक्ष पार्वती सुनुवारले बताइन् । पालिकाबाट उत्पादन भएको खसी र बोकाहरु सिन्धुलीमा खपत हुन नसकेर राजधानी काठमाडौसम्म पुगेको सुनेपछि खुशी भएका छौं, उनले भनिन् ।
गाउँपालिकामा अहिले ६० जना भन्दा बढीले ब्यवसायिक रुपमा बाख्रा पालनलाई अगाडि बढाएका छन् । किसानलाई पशुपालन र आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले फिक्कलकै युवा नवराज पहाडीले त्यसको नेतृत्व गरेका छन् । सामूहिक सरोकार समाज मार्फत उनले आफ्नो पालिकालाई जिल्लाकै नमूना पालिकाका रुपमा विकास गराउन गाउँपालिका अध्यक्षलाई साथ दिइरहेका छन् ।
पहाडी भन्छन्ः आफ्नो गाउँ आफैं बनाउनु पर्छ, व्यवसायिक योजनासहित पालिकाबाट प्राप्त भएको सहयोगलाई लगनशित कार्यान्वयनमा लैजाने हो भने कोही पनि युवाहरु बेरोजगार बन्नु नपर्ने उनको अनुभव छ । गाउँपालिका अध्यक्षको काम गरेर देखाउनु पर्छ भन्ने हुटहुटी र व्यवसायिक किसानहरु उत्पादन गरेर गाउँका किसानलाई आय आर्जनमा लगाउनु पर्छ भन्ने पहाडीको क्रियाशिलताले अहिले फिक्कल गाउँपालिका बाख्रा पालनका लागि जिल्लामैं नमुना पालिका बन्न पुगेको हो ।
गाउँपालिका अध्यक्ष सुनुवार अगाडि भन्छिन्ः ‘व्यवसायिक रुपमा बाख्रा पालन गरिरहेका किसानहरुबाट एक एक वटा बाख्राको पाठी अर्का किसानलाई दिनुपर्ने सहमति अनुसार यस वर्षबाट हामीले छनोट गरेका किसानहरुलाई बितरण गर्ने काम अगाडि बढाएका छौं । जस अन्र्तगत २ दर्जन बढी पाठी र केही बोका वडा नं. ३ को चनौटेमा वितरण गरेका छौं । अहिले पाठी जिम्मा लिएकाहरुले पनि एक वर्षपछि एउटा पाठी अर्का किसानलाई बितरण गर्ने सहमति गरिएको छ ।’
फिक्कलमा व्यवसायिक बाख्रा पालन फर्मनैं दर्ता गरेर किसानहरुले काम गरिरहेको र त्यसलाई पहाडीले सहजिकरण गरिरहेका छन् भने गाउँपालिकाको पशु शाखाले आवश्यक औषधी र प्राविधिक सेवाहरु उपलव्ध गराइरहेको छ ।
उनको योजना सफल भएपछि उत्साहित बनेकी अध्यक्ष सुनुवार भन्छिन्ः फिक्कललाई व्यवसायिक बाख्रा पालनका रुपमा अगाडि बढाउन हामी सफल भएका छौं, अब मौरिपालन मार्फत फिक्कललाई महमा आत्मनिर्भर बनाउने योजना हामीले बनाइरहेका छौं ।

प्रकाशित मिति : २०८०, २८ फाल्गुन सोमबार  १ : ४६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने