२०८१, २२ बैशाख शनिबार

आज विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात

आज विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात

छानबिन गर्न समिति गठन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।

आज प्रहरीले अध्यागमनका कर्मचारीहरूलार्य कुटपिट गरेको घटनामा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मनत्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘घटना छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ वास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहने गरी छानबिन समिति गठन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ।

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार कुटपिट गरेको जनाइएको छ । प्रहरीले सुरुमा अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल–फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । त्यस क्रममा विवाद हुँदा प्रहरीले अधिकृतमाथि हातपात गरेको जनाइएको छ ।

‘अध्यागमन अफिसर भएकाले धेरैजसो प्रहरीले चेक गर्दैन । कहिलेकाहीँ छामछुम गर्छ । प्रहरीलाई अधिकृत मोक्तानले तिमीहरू कहिले चेक गर्छौं, कहिले गर्दैनौं यो के हो रु भनेर सोधेपछि विवाद भएको हो,’ स्रोतले जानकारी दिएको छ । प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो । केहीबेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि कुटपिट गरेको बताइएको छ ।

अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो । लगत्तै उनी त्यहाँ पुगेका थिए । हमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसीटिभी फुटेज हेरिएयो । फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो । ‘अधिकृत मोक्तानमाथि हातपातबारे बुझ्न पुगेका प्रमुख हमाललाई पनि प्रहरीले हातपात गरे,’ स्रोतले बताउँछ ।

प्रकाशित मिति : २०८०, १२ माघ शुक्रबार  ९ : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने