२०८१, २९ पुस सोमबार

टोखामा ‘चाकु दिवस’ मनाइँदै

टोखामा ‘चाकु दिवस’ मनाइँदै


काठमाडौँ । ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको जानकारी दिए । नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद रु ५० हजारसहित सम्मान गर्न लागेको छ । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५/२५ हजार नगदसहित सम्मान गर्न लागेको छ ।

यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गर्न लागिएको अध्यक्ष नापितले बताए । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्न लागेको छ ।

टोखा नगरपालिका–२ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिनेछ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । टोखाको चाकु देशसहित विदेशका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : २४ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज