२०८१, १४ बैशाख शुक्रबार

ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ ।

समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ ।

सेमिफाइनल खेलअघि दुवै टोली अन्तिम खेल जित्दै समूह विजेता बन्ने योजनामा छन् ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको हो ।

सेमिफाइनलको वार्म अप खेल

नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेकोले त्यस खेलअघि यो वार्म अप खेल जस्तै हुनेछ । किनकी दुवै टोलीले यसअघि तुलनात्मक रुपमा केही कमजोर टोलीसँग खेलेका थिए ।

नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो । नेपालले दुवै खेलमा लक्ष्य पछ्याएर जित निकाल्दा ओमानले भने दुवै खेलमा स्कोर डिफेण्ड गरेको थियो ।

१० वर्षपछि फेरी टी-२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपाल अब दुई खेल मात्र टाढा छ । त्यसैले समूहको अन्तिम खेलमा ओमानलाई हराएर समूह विजेता बन्ने नेपालको लक्ष्य छ ।

समूह विजेता बन्ने टोलीले सेमिफाइनलमा यूएई विरुद्ध हुने सम्भावित खेल टार्नेछ । नेपालको जस्तै ओमानको चाहना पनि त्यही हुनेछ ।

समूह बीमा दुई खेल जितेको यूएईको ४ अंक छ । बहराइन र हङकङको समान २ अंक छ भने पुछारमा रहेको कुवेतको कुनै अंक छैन । तर बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय संभावना कायम छ । ४ अंक रहेको यूएईले पनि सेमिफाइनलमा पुगिसकेको छैन ।

तर पनि शीर्ष स्थानमा रहेको र विगतको प्रदर्शनलाई पनि आधार मान्दा यूएई समूह विजेता हुने आकलन गरेर नेपाल र ओमान दुवैले उसँगको सेमिफाइनल भिडन्त टार्न प्रयास गर्ने छन् ।

सुरुवात दुई खेल जितेर सेमिफाइनल पुगिसकेकोले ओमान विरुद्धको खेलमा दबाब नभए पनि नेपालको लागि समूह विजेता बन्नु फाइदा हुने क्रिकेटर शरद भेषावकर बताउँछन् ।

‘सेमिफाइनल पुगिसके पनि नेपालका लागि ओमानसँगको खेल महत्वपूर्ण हुन्छ । फाइनल पुग्न र क्वालिफाई गर्न कुन अपोनेन्टसँग खेल्दा ठिक हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ’, शरदले भने, ‘किनभने अर्को समूहमा यूएईले दुई खेल जितेको छ । बहराइनले हङकङलाई हराएपछि रोमाञ्चक बनेको छ । यूएई अर्को समूहको विजेता हुन्छ जस्तो छ ।’

हङकङ र बहराइनमध्ये एक अर्को समूहको उपविजेता हुने शरतको आकलन छ । शरदले ओमान विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने र नेपालले जितकै लागि खेल्नुपर्ने बताए ।

‘अघिल्ला दुई खेल भन्दा ओमानसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ । उनीहरु पनि राम्रो टिम हो । त्यसैले ओमानविरुद्ध पनि नेपालले जित्नकै लागि खेल्छन् ।’

विश्वकपमा छनोट हुनलाई भने हरेक खेल महत्वपूर्ण हुने जित्नुपर्ने शरदले बताए । जिसान मक्सुदको कप्तानीमा रहेको ओमानको टोलीमा अहिले जिसानसँगै अकिब इलियास र बिलाल खान महत्वपूर्ण खेलाडीको रुपमा रहेको शरदले बताए ।

युवा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा अहिले नेपाली टोली उच्च लयमा छ । मुख्य खेलाडी दीपेन्द्र सिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा नहुँदा पनि नेपालले उनको अनुपस्थिति हुन दिएन । ‘हाम्रो अहिलेको रिसेन्ट लय हेर्दा नेपाललाई कुनै पनि टिमले हराउन चाहीँ गाह्रै पर्छ’, शरद भन्छन् ।

अब ओमान विरुद्धको खेल र त्यसपछि हुने सेमिफाइनलमा नेपाली टिमको परिक्षण हुन सक्ने शरदको आकलन छ ।

‘नेपालको मुख्य खेलाडी दीपेन्द्रको चोटको असर अहिलेसम्म टिममा देखिसकेको छैन । दुई खेलमा दीपेन्द्र नहुँदा पनि दबाब खासै भएन । अब खेल्दा ठूलो टिमहरु हुन्छन् । त्यसैले अभाव तब हुन्छ जब हाम्रो २-३ विकेट जान्छ । अनी लोअर अर्डरमा परिक्षण हुन्छ,’ शरदले भने ।

उनले अब हुने खेलहरु अनुभवी टिमसँग हुँदा नेपालले अहिले देखिएका गल्तीहरु कम गर्नुपर्ने र सुधार गर्नुपर्ने ठाउँ पनि रहेको बताए ।

‘अको खेल ओमानसँग खेल छ । त्यसपछि यूएई, हङकङ वा बहराइन मध्ये एक टिमसँग खेल्नुपर्छ । अनुभवी टिमहरु पनि छन् । नेपालले अझ इम्पुरभ गर्ने ठाउँहरु छ । फिल्डिङमा स-सानो गल्तीहरु भाछ त्यो गल्तीलाई कम गर्नुपर्छ ।’

शुक्रबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ । त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समीकरण पनि टुङ्गो लाग्नेछ ।

समूह ए अन्तर्गत सेमिफाइनल होडबाट बाहिरिसकेका मलेसिया र सिंगापुरबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ ।

यस्तै समूह बी अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ ।

अहिले भइरहेको एसिया क्षेत्रको छनोटमा ८ टोली सहभागी छन् । जसबाट शीर्ष दुई टोली मात्र विश्वकपमा छनोट हुनेछन् ।

पछिल्लो तीन खेलमा नेपाल हावी

नेपाल र ओमानबीच पछिल्लो समय नियमित जस्तो खेल हुँदै आएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु को पछिल्लो साइकलमा यी दुई टोली ६ पटक भिडेका थिए । यस्तै टी-२० अन्तर्राष्ट्रिय खेलमा पनि गत वर्ष नेपाल र ओमानबीच ३ खेल खेलेको थियो ।

संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो त्यसमा सबै खेल नेपालले जितेको थियो ।

गतवर्ष पनि आईसीसी टी(२० विश्वकप ग्लोबल छनोटको समूह ए मा यी दुई टोली एकै समूहमा परेका थिए । २०२२ फेब्रुअरीमा भएको उक्त छनोटको समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

तर दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकप छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुनस् खेल भएको थियो । जसमा नेपालले ओमानलाई ९ विकेटले सहजै पराजित गर्दै तेस्रो भएको थियो ।

विश्वकप छनोट अघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।

टी-२० आईमा नेपाल र ओमानबीच भएको पछिल्लो चार खेलमा नेपालले तीन खेल जित्दा ओमानले एक खेल मात्र जितेको छ । २०१९ मा ओमानमा भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

विगतका टी-२० आई नेपाल ओमानमाथि हावी भए पनि छोटो फर्म्याटको यस खेलमा जस्तो पनि नतिजा आउन सक्छ ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ८ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने