२०८१, १२ बैशाख बुधबार

अबदेखि भिजिट भिसामा ओमान गएकाहरूले काम गर्ने भिसा लगाउन नमिल्ने

अबदेखि भिजिट भिसामा ओमान गएकाहरूले काम गर्ने भिसा लगाउन नमिल्ने


काठमाण्डौ । भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ ।

गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निर्णय त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने भएका हुन् ।

दूतावासले सूचना जारी गर्दै भनेको छ ‘भिजिट भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागू भएको छ, कसैले भिजिट भिसामा ओमान पठाउन खोजेमा सचेत हुनुहोस् ।’

दूतावासले काम पाउने आसमा भिजिट भिसामा नआउन सबैलाई आग्रह गरेको छ । घुम्ने पर्यटकका लागि भिजिट भिसा जाने हुने र त्यो प्रयोजनमा आएका विदेशी नागरिकले अब भिसा परिवर्तन गरेर पहिलेजस्तो काम गर्न पाउँदैनन् ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ६ : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने