२०८१, १४ बैशाख शुक्रबार

इजरायलमा ज्यान गुमाएका सबै नेपालीको शवको पहिचान

इजरायलमा ज्यान गुमाएका सबै नेपालीको शवको पहिचान


काठमाण्डाै । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ ।

तेलअभिभमा रहेको नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेर थप २ जना विद्यार्थीको शवकाे पहिचान भएको जनाएको हो । योसहित ज्यान गुमाउने दश जनाकै पहिचान खुलेको छ ।

राजदूतावासका अनुसार हिजो सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो ।

राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।

यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । त्यस्तै, सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १४ कार्तिक मंगलबार  ११ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने