२०८१, ११ बैशाख मंगलबार

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको आरोप लगाएका छन् ।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाममा प्रश्न उठाइएको हो ।

काठमाडौंबाट ८०० बढी मत खसेको थियो । उम्मेदवार पौडेल स्वयंमले काठमाडौंबाट दिएका थिए । तर उनको मत शून्य देखाएपछि निर्वाचन परिणाममा प्रश्न उठेको हो ।

आफ्नो मत शून्य आएपछि उपाध्यक्षका उम्मेदवार डा। पौडेलले साइबर व्यूरोमा निवेदन दिएका छन् ।

एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङका लागि भेरो भोटिङ प्रयोग गरिएको थियो । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनको दाबी छ ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ४ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने