२०८१, १५ बैशाख शनिबार

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट


काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन भएको उक्त आईपीओमा कुल ११ लाख ९० हजार २९६ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन स्वीकृत हुँदा ४ हजार ६५४ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदक परेकोले धितोपत्र निष्कासन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट भएको छ । यसरी १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खालि भएको छ ।

कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा १४।३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ छ । प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ३ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने