२०८१, १२ बैशाख बुधबार

हङकङ सस्तैमा समेटियो, नेपाललाई ९५ रनको लक्ष्य

हङकङ सस्तैमा समेटियो, नेपाललाई ९५ रनको लक्ष्य


काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव ३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

पहिला ब्याटिङ गर्ने क्रममा हङकङको शुरुवात खराब रह्यो । १४ रन जोड्दा उसले महत्वपूर्ण चार विकेट गुमाइ सकेको थियो । हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुवैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २र२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

प्रकाशित मिति : २०८०, २ कार्तिक बिहीबार  १ : ०५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने