२०८१, १४ बैशाख शुक्रबार

उत्तरी गाजा छाडिरहेका सर्वसाधारणमाथि हमला, मारिनेमा अधिकांश महिला र बालबालिका

उत्तरी गाजा छाडिरहेका सर्वसाधारणमाथि हमला, मारिनेमा अधिकांश महिला र बालबालिका


काठमाडौं । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा हमला भएको छ । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको हो ।

यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्। इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लागेको थियो ।

शुक्रबारको सर्वसाधरणमाथि भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । बालबालिका, जसमध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्।
फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५ः३० बजे रेकर्ड गरिएको देखिन्छ । तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि लडिरहेको देखिएको छ। अरूहरू सडकमा यता-उता छरिएका छन् ।

केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  ६ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने