२०८१, १२ बैशाख बुधबार

उत्तरी गाजा खाली गर्न इजरायली सेनाको निर्देशन, नागरिक घर छाडेर सुरक्षितस्थल खोज्दै

उत्तरी गाजा खाली गर्न इजरायली सेनाको निर्देशन, नागरिक घर छाडेर सुरक्षितस्थल खोज्दै


काठमाडौं । इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टायनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो ।

सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।

महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्वीर तथा भिडियोहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका छन् ।

सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नु पर्ने छ । जुन गाजापट्टीको आधा जनसंख्या हो ।

गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको बिबिसीले जनाएको छ ।

इजरायलले हमास लक्षित गरि गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टायनी नागरिक मारिएका छन् ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  ५ : ५४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने