२०८१, १२ बैशाख बुधबार

तीनकुने सामूहिक हत्याका आरोपीविरुद्ध जन्मकैदको माग गर्दै अनुसन्धान प्रतिवेदन पेश

तीनकुने सामूहिक हत्याका आरोपीविरुद्ध जन्मकैदको माग गर्दै अनुसन्धान प्रतिवेदन पेश


काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन पेश गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको सरकारी वकिल स्रोतले जनाएको छ ।

भण्डारीविरुद्ध जन्मकैदको सजाय मागदाबी लिइएको छ । भण्डारीको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने देखिएपनि २५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने बाध्यता भएकाले प्रतिवेदन पेश गरिएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

‘अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु बाँकी रहेकाले थप छानबिन गर्न मिल्ने बाटो राखेर प्रतिवेदन पेश गरेका थियौं’, उनले भने ।

घटना भएको दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको थियो । उनले सः मिलको बन्द गेटबाट माथि चढेर भित्र गएर विशाल राईको हत्या गरेको बयान दिएका थिए । त्यसपछि अरु थप तीन जना पनि आएपछि हत्या गरेर शव व्यवस्थापन गरेको अनुसन्धानको निष्कर्ष छ ।

अनुसन्धानका क्रममा उनले अरु कम्तिमा ६ वटा हत्यामा संलग्न रहेको भन्दै सनसनीपूर्ण बयान दिएका थिए । त्यसपछि प्रहरीले उनलाई विभिन्न ठाउँमा समेत लिएर गएको थियो । ‘उनले भनेका आधारमा विभिन्न ठाउँमा लगेर भेरिफाइ गर्ने प्रयासहरु गर्‍यौं’, एसएसपी खत्री भन्छन्, ‘तर, तत्कालै मुद्दा चलाउन सक्ने स्थिति देखिएन ।’

यद्यपि, केही घटनाका हकमा थप अनुसन्धानको आधारहरु भेटिएको भन्दै उनले अनुसन्धान जारी राखिने खत्रीले बताए । अदालतको आदेशबाट उनी कारागार गएको अवस्थामा पनि बयानका लागि आवश्यकता अनुसार झिकाइने खत्री बताउँछन् ।

प्रहरीले हालै भण्डारीको ‘ब्रेन म्यापिङ’ समेत गराएको थियो । आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ब्रेन म्यापिङ विधिको प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने