२०८१, १२ बैशाख बुधबार

बंकरका विद्यार्थीलाई इजरायली सेनाले लैजाँदै छ सुरक्षित स्थलमा

बंकरका विद्यार्थीलाई इजरायली सेनाले लैजाँदै छ सुरक्षित स्थलमा


काठमाडौं । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।

कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।

पर्वत पैयु ५ का नारायण भुसालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।

शेदोत नेगेभमा रहेका दाङ नारायणपूरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने