२०८१, १४ बैशाख शुक्रबार

इजरायल र गाजाको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थी बढी जोखिममा

इजरायल र गाजाको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थी बढी जोखिममा


काठमाडौँ । इजरायलमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाले देश स्तब्ध छ । ती विद्यार्थी इजरायल र गाजाको सीमा क्षेत्र नजिकै बसोबास गर्दै आएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिने इन्टर्नका लागि इजरायल पुगेको केही सातामै उनीहरूको ज्यान गुमेको हो । इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपाली कार्यरत छन् । त्यस्तै २६५ जना विद्यार्थी कृषि फार्ममा इन्टर्न गर्न पुगेका छन् ।

त्यसरी इन्टर्नका लागि पुगेका विद्यार्थीहरूले उद्धारको माग गर्दै आएका छन् । सीमा क्षेत्र नजिकै खटाइएका कारण आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले उद्धारको याचना गरिरहेका छन् ।

स्वास्थ्य सहायक (केयर गिभर) को रूपमा काम गर्दै आएका नेपालीहरू भने सुरक्षित नै छन् । तर विद्यार्थीहरूलाई इजरायल तथा प्यालेस्टाइन सीमा क्षेत्रमा खटाइएका कारण युद्धको प्रत्यक्ष मारमा परेको देखिन्छ । जसले गर्दा हमासले आक्रमण गर्दा नेपाली विद्यार्थीहरू निशानामा परेका हुन् ।

परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । जसमा कृषि तथा वन विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी छन् । तीमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा थिए । जुन गाजा क्षेत्र पर्छ ।

त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरू समेत सीमा नजिकैको क्षेत्रमा छन् । उनीहरू रमत नेगेभ इन्टरनेसनल ट्रेनिङ सेन्टरमार्फत त्यहाँ पुगेका हुन् । जसमा ३९ जना जीमान फार्ममा काम गर्दै आएका छन् । जीमान फार्म इजिप्टको सीमा नजिकै हो । त्यस्तै १७ जना विद्यार्थीहरू केमेहिन भन्ने ठाउँमा छन्, जुन गाजाबाट केही किलोमिटरको दूरीमा छ ।

त्यस्तै १८ जना सोरासिम नर्सरी मिफ्ताहिम भन्ने ठाउँमा छन् । जुन क्षेत्र गाजा नजिकै हो । त्यहाँ रहेका विद्यार्थीहरू भने शनिबारदेखि नै बंकरभित्र बस्दै आएका छन् । त्यस्तै १० जनाको समूहमा रहेका विद्यार्थीहरू सिडे नितजान भन्ने ठाउँमा छन् । जुन गाजाबाट ७/८ किलोमिटरको दूरीमा छ ।

८ जना विद्यार्थी नेटिभ हसारा भन्ने ठाउँको फूल फार्ममा काम गर्दै आएका छन् । जुन गाजादेखि १०।४ किलोमिटरको दूरीमा छ । त्यहाँ काम गर्दै आएका थाइल्याण्ड लगायत अन्य देशका विद्यार्थी सुरक्षित स्थानमा पुगिसकेका छन् । त्यही समूहमा केही नेपाली विद्यार्थीसमेत गएका छन् ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थी सेडेट नेजभ ट्रेनिङ सेन्टर मार्फत गएका थिए । तीमध्ये १० जनाको मृत्यु भयो । गाजातर्फबाट आक्रमण हुँदा सीमा क्षेत्रमा रहेका विद्यार्थी पीडित बन्न पुगेका हुन् ।

११ महिनाको इन्टर्नसिप गर्न इजरायल पुग्ने धेरै जसो विद्यार्थीहरूलाई सीमा नजिकै क्षेत्रमा पठाएको देखिन्छ । त्रिभुवन विश्वविद्यालयबाट गएका विद्यार्थीहरूलाई सुरक्षित क्षेत्रमा छन् । उनीहरूले काम गर्ने ठाउँसमेत सुरक्षित रहेको विद्यार्थीहरूले बताएका छन् ।

कृषि विश्वविद्यालयका विद्यार्थी अर्जुन गिरीले इन्टर्न गर्नका लागि आएका अधिकांश विद्यार्थी सीमा क्षेत्रमा खटाएको बताए ।

‘हामीलाई इन्टर्नको लागि भनेर सीमा क्षेत्रमा काममा लगाइएको छ । डरै डरमा काम गर्नुपर्ने रहेछ । यस्तो ठाउँमा इन्टर्नको लागि भनेर विद्यार्थीको ज्यान जोखिममा पारेर पठाउन बन्द गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने