२०८१, १५ बैशाख शनिबार

कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्पतिको कुकुरलाई घर निकाला

कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्पतिको कुकुरलाई घर निकाला


अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।

जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छ ।

गत हप्तामात्रै कमान्डरले सेक्रेट सर्भिसका एक कर्मचारीलाई टोक्दा उनको उपचार नै गर्नुपरेको थियो ।

यो कुकुरले हालसम्म ह्वाइट हाउस परिसरका साथै डेलावेरस्थित निवासमा सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ ।

प्रथम महिलाकी प्रवक्ता एलिजाबेथ अलेक्जेन्डरले गत बुधबार एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्-ह्वाइट हाउसमा काम गर्ने तथा दिनहुँ आफूहरुको सुरक्षा गर्ने व्यक्तिहरुको सुरक्षाप्रति राष्ट्रपति र प्रथम महिला निकै गम्भीर हुनुहुन्छ । उहाँहरु अमेरिकी सेक्रेट सर्भिसका साथै संलग्न सबैको सहयोग तथा धैर्यका लागि कृतज्ञ हुनुहुन्छ र समस्या समाधानका लागि काम भैरहेको छ । कमान्डर अहिले ह्वाइट हाउसभित्र छैन र आगामी कदमबारे मूल्यांकन भैरहेको छ ।

यद्यपि हाल कमान्डर कुकुरलाई कहाँ राखिएको छ अनि भविष्यमा पुनः ह्वाइट हाउसमा फर्किने सम्भावना कति छ भन्ने बारेमा भने उनले खुलाएकी छैनिन् ।

बाइडेनको कुकुरले ११ भन्दा धेरै पटक मानिसहरुलाई टोकेको विषयमा सिएनएनले समाचार सार्वजनिक गरेसँगै ह्वाइट हाउसले विज्ञप्ति निकालेको हो ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भने ह्वाइट हाउस कम्प्लेक्समा निकै तनावपूर्ण अवस्थामा रहनु परेकोले कुकुरले आक्रमण गरेको दाबी गत जुलाइमा गरेका थिए । साथै कुकुरको आनीबानी सुधारका लागि नयाँ तालीम दिन लागिएको पनि ह्वाइट हाउसले जनाएको थियो ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ११ : ५६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने