२०८१, १५ बैशाख शनिबार

धेरै ठाउँमा हत्या गरेको बयानपछि प्रहरीले गरायो सञ्जयको ‘ब्रेन म्यापिङ’

धेरै ठाउँमा हत्या गरेको बयानपछि प्रहरीले गरायो सञ्जयको ‘ब्रेन म्यापिङ’


काठमाडौँ । काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् ।

आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिम सहित ‘ब्रेन म्यापिङ’ केन्द्र स्थापना गरेको छ । केन्द्रीय कारागारमा लगेर भण्डारीको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

ब्रेन म्यापिङबाट आरोपितको मानसिक अवस्थाको बारेमा थाहा हुन्छ । पोलिग्राफ गराउन सम्भव नभएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गरेको हो । पोलिग्राफ गर्दा आरोपीसँग प्रश्नोत्तर गरेर ढाँटेको पत्ता लगाइन्छ । तर, सञ्जय बोल्न नसक्ने हुनाले उनको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सञ्जय भण्डारीले भदौ २९ मा राति सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका सञ्जयलाई प्रहरीले दोभासेको सहयोगमा लेख्न लगाएर अनुसन्धान गरिरहेको छ ।

सोधपुछको क्रममा भण्डारीले नक्साल स्थित भाटभटेनी, सुकेधारा, रातोपुल र सिन्धुपाल्चोकमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरू चकित भएका छन् । सञ्जय ‘सिरियल किलर’ हुनसक्ने आशङ्कामा प्रहरीले उनको ब्रेन म्यापिङ गराएको हो । ब्रेन म्यापिङ परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । हत्या गरेको दाबी गरे पनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे हामी पुष्टि गर्ने प्रयासमा छौँ ।’

सुकेधारमा मृत भेटिएका गोरखाका एक जना पुरुषलाई उनले हत्या गरेको दाबी गरेका छन् । मृत भेटिएका व्यक्ति गोरखा घर भएको पुष्टि भएको अनुसन्धान संलग्न एक जना अधिकृतले बताए ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ११ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने