२०८१, १३ बैशाख बिहीबार

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा, रोजिता राई प्रधान नै किन ?

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा, रोजिता राई प्रधान नै किन ?

एनआरएनए उपाध्यक्ष (महिला) मा रोजिता नै किन ?


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुने महाधिवेशनमा नेतृत्वका लागि धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।

यसै सिलसिलामा बेलायत बसेर लामो समयदेखि एनआरएनएमा सक्रिय रोजिता राई प्रधानले महिलातर्फको उपाध्याक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । यसअघि सचिवमा उम्मेदवारी दिने घोषणा गरेकी राईले आफ्नो पूर्व घोषणा परिवर्तन गर्दै एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने घोषणा गरेकी हु्न् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् उम्मेदवारी बारे विशेष जानकारी दिँदै रोजिताले अग्रजहरु र टिमको सुझाव सल्लाहलाई अनुशरण गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी छिन् । उनले भनेकी छिन्– “एनआरएनए संस्थामा आबद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो । विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गाुरुको बाह्रै टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव, सल्लाह शिरोधार्य गरी लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुम म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुँ ।”

संघमा लोकतात्रिक परिपाटीको अवलम्बन गर्दै महिलाहरुको सम्मानका साथ समान हक अधिकार र सम्मानित व्यवहार अपरिहार्य रहेको उल्लेख गर्दै रोजिताले रहेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण समेत गरेकी छिन् । उनले संसारभर रहेका महिलाहरुको समस्या सुल्झाउन एक लाख डलरको अक्षय कोष खडा गर्ने घोषणा पनि गरेकी छिन् ।
रोजिताले विदेशको व्यस्तताबीच आफ्नो दुःख बिर्सेर मातृभूमिमा दुःख पीडा खेप्न बाध्य महिला दिदीबहिनीहरुको घाउमा मलम लगाउनु आप्mनो दायित्व रहेको उल्लेख गर्दै त्यसका लागि आफू नेतृत्वमा आउन चाहेको स्पष्ट पारेकी छिन ।

व्यक्ति होइन विधि प्रधान भन्ने मान्यतालाई आत्मसात गर्दै उपाध्यक्षकी आकांक्षी रोजिताले महिलाहरुको हक अधिकारको रक्षा, सम्मानजक सहभागिता, पुरुषहरुसँग समन्वय, सहकार्य र समझदारी गरी एनआरएनएलाई गौरवान्वित संस्था बनाउने वाचा गरेकी छिन् । नेतृत्वमा पुगेर विश्वभर छरिएर रहेका नेपाली महिला दिदीबहिनीहरुको सेवा गर्ने अवसर दिन एनआरएनएका प्रतिनिधिहरुलाई अपिल गरेकी छिन् ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ११ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने