२०८१, १९ बैशाख बुधबार

राष्ट्र संघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री

राष्ट्र संघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघको महासभामा यो पटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमण समेत गरी फर्किएपछि त्यसबारे सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस्तो दावी गरेका हुन् ।

‘नेपालको तर्फबाट संशोधन गरेको थिएँ । त्यहाँ नेपालको शान्ति प्रक्रिया र यसलाई ठोस निष्कर्षमा पु¥याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तनबाट सिर्जित समस्या र त्यसको समाधानका लागि स्रोत विभाजनका विषयमा विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु’, प्रधानमन्त्रीले भने, ‘महासभाको मूल समारोहका अलवा दिगो विकास समिट, जलवायु परिवर्तनसम्बन्धी क्लाइमेट समिटसहितलाई सम्बोधन गरेको थिएँ । यी सम्बोधनहरुमा नेपालसहित अतिकम विकसित राष्ट्रहरुका तर्फबाट पनि कुरा राखेका थिएँ । त्यसमा गरिब मुलुकहरुको अर्थतन्त्रमा कोभिडसहितले अर्थतन्त्रमा पारेको प्रभाव र समाधानका विषयमा विश्व समुदायले गर्नुपर्ने कामका विषयमा राखेको छु ।’

उनले महासभाकै दौरान राष्ट्रसंघका महासचिव, अमेरिकी राजदूतसहितसँग भएको भेटवार्तामा गम्भीर छलफल गरेको पनि जानकारी गराए । उनले महत्वपूर्ण विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको भन्दै नेपाल यस पटक राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको बताए ।

‘हामीले शान्ति प्रक्रियामा पुर्‍याएको सहयोगका लागि विश्व समुदायलाई धन्यवाद दिएका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘यस पटक हामीले जलवायु परिवर्तनसहितका अन्तर्राष्ट्रिय मुद्दामा अतिकम विकसित राष्ट्रहरुको तर्फबाट र नेपालका तर्फबाट पनि स्पष्ट कुरा राखेका छौँ । समग्रमा यसपटक नेपाल राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको छ ।’

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ४ : १५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने