२०८१, २१ बैशाख शुक्रबार

धुलिखेल अस्पतालका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेक सबै सेवा बन्द

धुलिखेल अस्पतालका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेक सबै सेवा बन्द


काठमाडौ । काभ्रेको धुलिखेल अस्पतालका डाक्टरहरुले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेका छन् ।

लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै डाक्टरहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका हुन् ।

हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरी बिरामीको मृत्यु पछी आक्रोशित बिरामीका आफन्तले डाक्टर लाई कुटपिट गरेको विषयलाई लिएर विरोध प्रदर्शन गरेका हुन ।

यसअघि गएको भदौ २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले भदौ ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो । दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।

अहिले र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली काठमाडौँको माइतीघर मण्डलामा पनि प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ४ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने