२०८१, २४ बैशाख सोमबार

काभ्रेको खानीखोलामा श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान

काभ्रेको खानीखोलामा श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान

उत्कृष्ट स्वयम्सेविका र आमा समूह पुरस्कृत


डाँडापारी । काभ्रेको खानीखोला गाउँपालिकाले हरितालिका तीजको अवसरमा श्रीमानहरुलाई सम्मान गरेर नयाँ सन्देश दिएको छ । श्रीमतीलाई सामाजिक सेवामा प्रोत्साहन गर्ने पुरुषहरुलाई सम्मान गरेर पालिकाले समाजमा महिला जागरणका लागि नयाँ सन्देश दिएको हो ।

पालिकाले आफ्नी श्रीमतीलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने हरेक वडाबाट एक–एक जना पुरुषलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको तीज विषेश शुभकामना आदान प्रदान कार्यक्रममा पालिकाको ७ वटा वडाबाट एक÷एक जना गरी ७ जना पुरुषलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नं. १ देखि ७ सम्म क्रमशः क्षेत्रबहादुर गोले, दिलबहादुर वि.क, युवराज दोङ, बलीमान मोक्तान, रामबहादुर तामाङ, धनबहादुर थिङ र चन्द्र गोले रहेका छन् । उनीहरुलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्ष दोर्जेमान जिम्बाले प्रमाणपत्र र खादाले सम्मान गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले संविधानले दिइएको महिला अधिकारलाई पूर्ण रुपमा पालना गरेर श्रीमतीलाई सामाजिक अगुवाई गर्ने काममा सहयोग तथा प्रोत्साहन गर्ने पुरुषलाई सम्मान गरेको बताए । उनले चुलोचौकोमा मात्र आफ्ना छोरी÷श्रीमतीलाई सीमित नगरी सामाजिक तथा राजनीतिसँगै महिला तथा बालबालिकाको क्षेत्रमा अभियान्ताको रुपमा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । समाजमा अझै पनि पुरुष र महिलाबीच गर्ने व्यवहार समान हुन नसकेको भन्दै अध्यक्ष थिङले महिला ढिला घर आइपुगे भने स्पष्टीकरण दिनु पर्ने अवस्था अझै पनि समाजमा विद्यमान रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले संस्कृति तथा चाडपर्वको संरक्षणसँगै महिलाहरुको सम्मानको लागि गाउँपालिकाले तीज विशेष शुभकामना आदानप्रादन कार्यक्रमको आयोजना गरेको बताए । उनले यस्ता खाले कार्यक्रमले महिलालाई आगामी दिनमा अघि बढ्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे । उनले तीज सबै जातिले पर्वको रुपमा सम्मान गरेको पाइएको उल्लेख गर्दै आफ्नो सांस्कृतिक पहिचानप्रति सबै संवेदनशील देखिएको बताए ।

त्यस्तै महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख यशोदा तिमल्सिनाले महिलालाई राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वडाबाट एक÷एक पुरुष सदस्य (श्रीमान्)लाई सम्मान गरेको बताइन् ।
कार्यक्रममा गाउँपालिकाको निमित्त प्रशासकीय अधिृकत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णबहादुर अधिकारी, विभिन्न दल निकट महिला संगठनका प्रतिनिधि, गाउँपालिकाको शाखा प्रमुखहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
उत्कृष्ट स्वयम्सेविका र आमा समूह पुरस्कृत
कार्यक्रममा गाउँपालिकाभित्र कार्यरत उत्कृष्ट महिला स्वयमसेविका र सामाजिकसँगै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आमा समूह पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उत्कृष्ट महिला स्वयमसेविकामा खानीखोला–५ की विनिता लामा सम्मानित भएकी छिन् भने खानीखोला–४ स्थित फुलडाँडामा रहेको प्रगतिशील आमा समूह उत्कृष्ट आमा समूह घोषित हुँदै पुरस्कृत भएको छ ।

तीज विशेष कार्यक्रममा नाचगान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै सामूहिक रुपमा दर खुवाइएको थियो । गाउँपालिकाको सभा हलमा भदौ २१ गते बसेको सर्वदलीय महिला संघ÷संस्थाहरुको बैठकले साझा रुपमा तीज कार्यक्रम मनाउने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  २ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने