२०८१, २२ बैशाख शनिबार

खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण

खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण




काठमाडौं । खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।

रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो ।

गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखा परेको कृषि ज्ञानकेन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो ।

जिल्लाका १० पालिकामध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ुखोटाङमा धानबालीमा धेरथोर तीन किसिमको रोग र एउटा किराको सङ्क्रमण फैलिएको पाइएको छ, बाली संरक्षण अधिकृत यादवले भन्नुभयो, रोग तथा किराको सङ्क्रमण सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा देखा परेको छ ।ु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो, ब्लाष्ट, खैरो थोप्ले रोग र ब्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको प्राविधिक सहायक मिनबहादुर बुढाथोकीले बताउनुभयो । धान बालीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नाम विषादि वितरण शुरु गरेको छ ।

सङ्क्रमण भएको कसरी चिन्ने ?

धानको कलिलो अवस्थामा गभारोको आक्रमण भएमा मृत गावा देखिन्छ । फूल फूल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने कृषि प्राविधिक बताउँछन् ।

धानमा ब्लाष्ट नामक रोग लागेपछि पातमा स–साना सेतो टीका बीचमा भएका लाम्चिला
खैरो थोप्ला देखापर्छ । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छ । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिन्छ ।

यस्तै, खैरो थोप्ने रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छ । ब्याक्टेरियल लिफ ब्लाइट लागे पातको किनाराबाट लामो पहेँला वा खैरा रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्छन् ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  १ : १६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने