२०८१, २२ बैशाख शनिबार

गोलन्जोरमा कृषि तथा पशुसेवा भवनको शिलान्यास

गोलन्जोरमा कृषि तथा पशुसेवा भवनको शिलान्यास


ग्वालटार÷गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले आज बैद्धिक परम्पारा अनुसार कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास गर्नुभएको छ । आइतवार बिहान अध्यक्ष बरालले ठेकेदार कम्पनीका प्रतिनिधी भरत कार्कीले पुजा गरिसकेपछि पालिका अध्यक्ष बरालले शुभ साइतमै शिलान्यास गर्नुभएको हो ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालयको २ करोड ३५ लाख २६ हजार ३ सय ९७ रुपैयाँको लगानीमा भवन निर्माण थालिएको अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो । उहाँले एक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालिएको बताउँदै गाउँपालिकाले सबै कामहरु आफ्नै भवनबाट सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।

केही समयपछि गाउँपालिकाको प्रशासनिक भवनको पनि शिलान्यास हुने बताउँदै उहाँले आफ्नो कार्यकालमा यहाँका नागरिकले विकासको भनुभूति गर्ने बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले विकास निर्माणका कोही कसैसँग कुनै पनि संझौता गर्न नसकिने बताउँदै निर्धारित समयमैं काम सम्पन्न गराउन आफु लागि पर्ने उल्लेख गर्नुभयो ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष केपी पोखरेल र स्थानीय वासिन्दाको सहाभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८०, २४ भाद्र आईतबार  ६ : ५४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने