२०८१, २२ बैशाख शनिबार

दिगो विकास लक्ष्य पुरा २०३० गर्न एकजुट हुने स्थानीय निकायको प्रतिवद्धता

दिगो विकास लक्ष्य पुरा २०३० गर्न एकजुट हुने स्थानीय निकायको प्रतिवद्धता


विराटनगर । स्थानीय निकायसंग सम्बन्धित सरोकारवालाले, आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन् ।
आज विराटनगरमा सम्पत्र सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८०ले पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभवाकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धीमूलक रहने सरोकारवालाको भनाई छ ।

अधिवेशनले, स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि हेटौडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरुको सहकार्यमा कार्य सम्पत्र गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो समितिमा विराटनगर महानगरपालिका अध्यक्ष, बुटबल उपमहानगरपालिका उपाध्यक्ष, तानसेन नगरपालिका महासचिव, भीमदत नगरपालिका कोषाध्यक्ष तथा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका , इन्सेक नेपाल, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि समाज नेपाल र हेटौडा उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्य नगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरुको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तरष्ट्रिय संस्थाको स्थापना भएको हो ।
सिटिनेटको पूर्व अध्यक्ष मीनाकुमारी लामाले हालसम्म यो सञ्जालले १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनीहरु र अनुसन्धान केन्द्रहरु समेटेको बताइन् ।
त्यस्तै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाईको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिष्य संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको लामाले बताइन् ।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अधिवेशनले एकआपसमा सम्बन्ध सुमधुर हुनुका साथै विकास र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न प्रेरणा मिल्ने बताए ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  २ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने