२०८१, १२ श्रावण शनिबार

जनपक्षीय पत्रकार गौतम ‘विशाल-कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित

जनपक्षीय पत्रकार गौतम ‘विशाल-कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित


सिन्धुली । सिन्धुलीका जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतम ‘विशाल कुमार स्मृति पत्रकारिता’ पुरस्कारबाट सम्मानित भएको छ। नेकपा एमालेले २० औं विशाल कुमार स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष समेत रहेका गौतमलाई ५ हजार नगद राशि भएको पुरस्कारबाट सम्मानित गरेका हुन् । जनपक्षीय पत्रकारितामार्फत समाजलाई उल्लेखनिय योगदान पुर्याएवापत पत्रकार गौतामलाई एमाले सिन्ध्लीले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले समाज परिवर्तनको आन्दोलनमा पत्रकारीता मार्फत २०४६ सालदेखि क्रियाशील रही आएको गौतमको प्रसंसा समेत गरेका थिए । नेता थापाले सहिदहरुले देखाएको बाटोमा अविचलित रुपमा लाग्न पार्टी कार्यकार्तालाई अनुरोध गरेका छन् ।

तत्कालीन माओबादीका केन्द्रिय सदस्य शेर मान कुँवर “विशाल” र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ” कुमार” को नेपाली सेनाद्वारा सिराहा जिल्लाको धन्छवार २०६० साल भाद्र २० गते हत्या भएको थियो ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  १० : ३६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्