२०८१, २१ बैशाख शुक्रबार

कोशी प्रदेश नामाकरणविरुद्ध ललितपुरमा प्रर्दशन

कोशी प्रदेश नामाकरणविरुद्ध ललितपुरमा प्रर्दशन

५ सय च्याब्रुङसहित किरात समुदायको प्रर्दशन


काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध, किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् ।
किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् ।
आज कोशी प्रदेशको नाम खारेजगर ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान÷किरात कायम गर भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म ¥याली निकालेका हुन् ।
उक्त आन्दोलनामा आश बहादुर थग्लुङ्ले नेपाल बहुजाती, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए ।
उनले मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने बताए ।
उनले भने, ‘नेपाल भनेको बहुजाती, बहुभाषिक भएको देश हो, यो कुरा राष्ट्रिय गानमा आयो तर व्यवहारमा भने भएन, हाम्रो अधिकार हाम्रो अधिकार पनि निश्चित होस् । संविधानमा नै हाम्रो अधिकार खोसिएको छ, जुन मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदियो हामीले पहिला नै गाई राष्ट्रिय जनावर नराखौं भनेर भनेका थियौ ।’
यस्तै, अर्को आन्दोलनमा सहभागी अऐन्द्र कुमार आङ्बोले कोशी प्रदेशको नाम ठिक नभएको भन्दै किरात लिम्बूवान हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ८ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने