२०८१, २४ बैशाख सोमबार

उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० आयोजना हुँदै

उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० आयोजना हुँदै



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, एसोसिएसनले भाद्र १८ गते सोमवार नेपाल प्रज्ञा भवन, कमलादीमा प्रतियोगिताको पाँचौ संस्करण आयोजना गर्ने जानकारी दिएको हो ।
लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क रु.५०००÷– तिरी भाग लिन सक्नेछन् । विद्यालयहरुले प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेट भित्र आफ्नो नृत्य प्रस्तुत गर्न सक्दछन ।
प्रतियोगितामा ७५ विद्यालयका विद्यार्थी सहभागि हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई कम्रशः रु. २५,०००÷– रु. २०,०००÷– र रु. १५,०००÷– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २०८०, १५ भाद्र शुक्रबार  १ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने