२०८१, २१ बैशाख शुक्रबार

डाँडापारीको खानीखोला बिजुली बत्तीको कामले पायो

डाँडापारीको खानीखोला बिजुली बत्तीको कामले पायो


डाँडापारी ५ भदौ : जिल्लाको विकट खानीखोला गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्ने कामले तीव्रता पाएको छ । केन्द्रिय विद्युत प्रसारण लाइन जोड्न बाँकी जिल्लाकै एक मात्र स्थानीय तह खानीखोला गाउँपालिका सोमबारबाट विद्युतको पहुँचमा जोडिएको हो ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ललितपुर हुँदै जोडिएको केन्द्रिय विद्युत प्रसारण लाइनबाट तत्काल गाउँपालिकाको कार्यालय, वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा लाइन जोडिएसँगै बत्ती बल्ने काम समेत भएको जानकारी दिनुभयो । उहाँले यो सुरुवात भएको र अबको एक वर्षभित्रमा गाउँपालिकाको सबै बस्तीमा बत्ती पु¥याउने गरी लागिरहेको बताउनुभयो ।
यो शुरुवात हो, यही महिनाभित्र ५ नं. वडा हुँदै १ वर्षको अवधिमा गाउँपालिको सबै वडाका प्रत्येक घरघरमा बत्ती पुग्ने छ, हामी यही रफ्तारमा लागि रहेका छौँ,’ अध्यक्ष थिङले भने, ‘परिक्षणको चरणमा खानीखोला गाउँपालिकाको कार्यालयसँगै वडा नम्बर ५ को वडा कार्यालय, ताल्ढुंगा प्रहरी चौकी र जनविकास माविमा बत्ती जडान गरेको छ ।’ अध्यक्ष थिङले केही फराम भर्ना छुटेका र बत्ती बल्न तयारी अवस्था रहेका वडाका घरहरुमा मिटर बक्स जडानको लागि सुचनासमेत गरेको बताउँदै बत्ती बल्नको लागि फराम भर्ना बाँकीलाई गाउँपालिका वा वडाको सम्पर्कमा रही छिटो उक्त काम गर्री मिटर बक्स जडानको लागि अनुरोध गर्नु भएको छ । केन्द्रिय विद्युतको प्रसारण लाइन आएपछि गाउँमै उद्योग खोल्ने तथा नागरिक स्थानीयस्तरमै रोजगारी हुने वातावरण सिर्जना भएको उहाँको भनाई छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले विकटताका कारण धेरै अभाव झेल्नु परेकाले विद्युत, खानेपानी जस्ता विकासका आधारभूत आवश्यकतालाई प्राथामिकतामा राखेर काम गरिहेको बताउनुभयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले केन्द्रीय प्रसारण लाइन खानीखोलाका सबै वडामा पुगिसकेको भएपनि शाखा लाइन विस्तारको काम भने धमाधम भइरहेको बताउनुभयो ।
खानीखोला–५ का वडाध्यक्षबुद्धि बहादुर स्याङ्तानले पहिलो चरणमा गाउँपालिकाको केन्द्र समेत पर्ने वडा नम्बर ५ मा बत्ती बल्ने योजन अनुुरुप काम भइरहेको बताउनुभयो । उहाँले अनुसार उनले मिटर बक्स खरिदका लागि वडावडामा फाराम संकलन भइरहेको जानकारी दिनुभयो । वडा कार्यालयले छिटो मिटर बक्स जडानका लागि सुचना समेत जारी गरिसकेको छ ।
नेपाल विद्युत प्रधिकारण काभ्रे वितरण केन्द्रको प्रमुख धु्रव राज कार्कीले लगनखेल वितरण केन्द्र अन्तर्गत रही हुचीटारबाट ११ के.भि.को प्रसारण लाइन विस्तार गरी खानीखोलामा बिजुली सप्लाई गरेको बताउनुभयो । गाउँपालिकाको समाजिक सुरक्षा तथा पञ्चीकरण सेवा इकाई प्रमुख खगेन्द्र खुलालका अनुसार विद्युतको पहँुच सबै वडामा पुग्दा गाउँपालिकाका २ हजार ३९८ घरधुरीका १४ हजार बढी नागरिक लभान्वित हुनेछ ।
स्थानीयले अब बत्ती आउने आशा पलाएको बताए । लघु जलविद्युत, सोलार तथा अन्य वैकल्पिक उपायको भरमा बस्न बाध्य स्थानीय मुहारमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाउने भएपछि खुशी भएका छन् ।
‘गाउँमा कहिल्यै बिजुली आउँदैन जस्तो लाग्थ्यो, बिजुली बत्ती त्यही शहरबजारमा मात्रै हो भन्ने लाग्थ्यो’, खानीखोला–४ का स्थानीय ७३ वर्षीय मंगरसिं तामाङले खुशी भावमा भने, ‘ताल्ढुंगामा बत्ती बालेको खबरले मनै चङ्गा जस्तै भएको छ, यता गाउँतिर पनि तार तानिसकेको छ, अब केही दिनमा गाउँ नै उज्यालो भएको देख्ने पाउने भो ।’
स्थनीय आइते लामाले सदरमुकाम जाँदा मात्रै केन्द्रिय विद्युत देखिएको तर यसरी गाउँमा बिजुली बत्ती आउलान् भन्ने कहिल्यै नसोचिए बताइन् । उनले भने, ‘गाउँकै विकास गर्छु भन्ने मान्छे हुँदा विकट ठाउँमा पनि विकास हुदोरहेछ । छिन्ताङ (गाउँपालिका अध्यक्ष थिङ)ले सधै यस्तै काम गरेको सुन्न पाइयोस, उसलाई राम्रो होस् ।’
जिल्लाको खोपासीदेखि ताल्ढुंगा दुरी हिसाबले ६० किलोमिटर मात्रै टाढा रहेपनि खानीखोलाका नागरिक खोपाीमा बत्ती बलेको ५ दशक बढी कटिसक्दा समेत ग्रामीण विद्युतीकरण, सोलारकै बिजुलीमा भर पर्नु परेको छ । अझै केही बस्तीमा टुकी बत्तीकै भरमा बस्न बाध्य छन् । २०२४ सालमा खोपासी जलविद्युत् आयोजना निर्माण भएपछि पनौती आसपासको क्षेत्र बिजुली बत्तीको पहँुचसँग जोडिएको थियो ।
केन्द्रिय प्रसारण लाइन आएसँगै उद्योग कलकारखाना सञ्चालनको बाटो खुलेपछि गाउँमा युवाहरु फर्किनेमा पनि स्थानीय बृद्ध÷बृद्धाहरु आशावादी छन् । डाँडापारि क्षेत्रको लागि केन्द्रिय विद्युतको प्रसारण लाइन पुग्नु पनि एउटा ऐतिहासिक जित हो, क्रान्ति हो ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार  ९ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने