२०८०, ६ चैत्र मंगलबार

कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी

कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी

महासंघका ५० प्रतिशत सदस्यले कोपोमिसमा विवरण भरे


काठमाडौं, १९, असार: संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट नगरेको भन्ने भनाईको खण्डन गर्नुभएको छ ।

विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरणमात्र प्रविष्ट गर्न आग्रह गरेको स्मरण गराउँदै उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘मोबाईलमा फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउन जान्ने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कर कार्यालयमा करचुक्ता लिनका लागि अनलाईन फारम भर्न सक्ने व्यक्तिले सहजै कोपोमिसमा विवरण प्रविष्ट गर्नसक्ने उहाँको भनाई थियो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा शुक्रबार भएको ‘कोपोमिसमाा समष्टिगत विवरण प्रविष्टिमा संघ÷संस्थाहरुको भूमिका’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी दिनुभयो ।

‘कोपोमिस राज्यको अभियान हो,’ उहाँले भन्नुभयो, ‘सहकारीले म विवरण भर्दिनँ यसबाट बाहिर जान्छु भन्ने हो भने हामी कानुनी उपचारको बाटोमा जान्छौं । जरिवाना गर्नुपर्ने अवस्था आयो भने सहकारी महासंघ, केन्द्रीय संघहरु, प्रदेश संघहरु र जिल्ला संघहरुले हामीलाई पक्कैपनि यसो नगर भन्नुहुने छैन भन्ने विश्वास लिएको छु ।’

रजिष्ट्रार पण्डितले स्थानीय तहको नियमनमा रहेका सहकारीमा कोपोमिस कार्यान्वयन गर्न सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत असार १६ गते सबै पालिकालाई अनुरोध गरेको बताउनुभयो गर्नुभयो ।

मन्त्रालयले सबै पालिकालाई नयाँ सहकारी संस्था दर्ता गर्दा कोपोमिसमा विवरण प्रविष्ट गरेर मात्र प्रमाणपत्र प्रदान गर्न अनुरोध गरेको जानकारी गराउनुभयो । यसैगरी स्थानीय तहलाई ब्यवसाय कर चुक्ता प्रमाणपत्र जारी गर्दा, सहकारीसँग साझेदारीमा काम गर्दा र सहकारीलाई अनुदान दिँदा पनि कोपोमिसमा अनिवार्य आवद्ध गर्न आग्रह गरेको बताउनुभयो ।

सहकारी विभागको आग्रहमा आन्तरिक राजश्व कार्यालयले मातहतका सबै कार्यालयलाई कोपोमिसबाट जारी भएको सब्मिसन नम्बर पेश गर्ने सहकारीलाई मात्र करचुक्ता प्रमाणपत्र जारी गर्न परिपत्र गरेको रजिष्ट्रार पण्डितले बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारीको तथ्याङ्क अनुमानको भरमा भन्नुपर्ने अवस्था विद्यमान रहनु लाजमर्दो विषय भएको बताउनुभयो । सरकारले लागू गरेको कोपोमिसलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेर सहकारीको बास्तविक तथ्याङ्क प्राप्त गर्नसकिने विश्वास व्यक्त गर्नुभयो ।

सहकारी बैंकले सहकारी विभागसँग सहकार्य गर्नुका साथै आफैंले बजेट छुट्टयाएर समेत कोपोमिस कार्यान्वयन सम्बन्धी गतिविधि गरिरहेको बताउनुभयो ।

सहकारी अभियान र विभागले छलफल गरेर कोपोमिसमा देखिएका प्राविधिक समस्या समाधान गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘कोपोमिस कार्यान्वयन गर्न सबैले उच्च प्राथमिकता दिनुपर्छ । हामीले सहकारी बैंकमार्फत संचालन गर्ने सबै तालिम कार्यक्रममा कोपोमिसको विषय समेट्ने गरेका छौं ।’

यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वित्तीय कारोबार गर्ने सहकारी सुशासनमा बस्न अपरिहार्य भएको बताउनुभयो ।

सरकारले कोपोमिसको अवधारणा बारे प्रारम्भिक छलफल चलाएको समयदेखि नेफ्स्कूनले यसको पक्षमा साथ दिँदै आएको बताउनुभयो । वित्तीय सहकारी अनुशासन भन्दा बाहिर बस्दा केन्द्रीय संघको भूमिकामा रहेकाले नेफ्स्कून पनि जवाफदेही हुनुपर्ने भएकाले कोपोमिस लागू गर्न संघले पहल गरेको बताउनुभयो ।

नेफ्स्कूनले कोपोमिस कार्यान्वयन गराउनका लागि आफ्ना सबै सदस्य सहकारीलाई कोपोमिसमा आवद्ध नभए सम्बन्ध सकिन्छ भनेर समेत चेतावनी दिएको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वायत्त सहकारी संस्थालाई हामीले यो भन्दा बढी भन्न मिल्दैन । कोपोमिसमा आवद्ध नहुने भए सहकारीको शीर्षक बन्द गरौं । सामाजिक संस्था मात्र चलाऔं ।’

सहकारी ऐनमा लेखिएका सबै व्यवस्था कार्यान्वय गर्नुपर्नेमा जोड दिँदै ढकालले सुशासनमा बसेका सहकारीलाई सुशासन पालना नगर्ने सहकारीले गरेको गलत कामको अपजस नदिन आग्रह गर्नुभयो ।

यस्तै छलफलमा बोल्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्वव सापकोटाले मातहतका सबै सदस्य संघ÷संस्थाहरुलाई कोपोमिस कार्यान्वयन गर्न परिपत्र गरेको बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका डिजीएम सुरेश थापाले महासंघका ५० प्रतिशत सदस्यले कोपोमिसमा विवरण भरेको जानकारी गराउनुभयो । महासंघले सबै तालिम कार्यक्रमम कोपोमिसको विषय सामेल गरेको उल्लेख गर्दै उहाँले सरोकारवाला सबै निकाय मिलेर सहकारीको रिपोर्टिङ प्रणालीमा भएको अलमल निराकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले राज्यले करोडौं लगानी गरेर तयार गरेको कोपोमिस सिस्टममा थोरै मात्र सहकारी आवद्ध भएको बताउँदै सरकारको यस अभियानमा सहकारीहरुले साथ दिनुपर्ने बताउनुभयो । सहकारीको तथ्यांक समेत नभएको अवस्थामा कोपोमिसमा आवद्ध भएर नियमित विवरण भरेको अवस्थामा तत्काल डाटा आउने समेत उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७९, १९ असार आईतबार  १२ : ५२ बजे

गृहमन्त्री लामिछानेको चुनौति अब कामले जबाफ दिने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार

समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः कस्ले के भने ?

काठमाडौं । समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका क्षेत्रमा पनि

महरा पक्राउपछि गगनको सरकारलाई धन्यवाद, एमालेको माग सहि रहेछ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन काण्डमा नेकपा माओवादी

लालीगुराँसले ढकमक्क गौमुखी, पर्यटकको स्वागतमा तम्तयार

सलिम मियाअग्लो धुरी । धुरीको फराकिलो आंगनमा फुलेका थरीथरीका फुलहरुले