Logo

स्थानीय चुनावमा एमालेले जित्ने बलिया १० आधार



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला देशव्यापी चुनावी दौडाहामा छन् । बैशाख ३० गते स्थानीय चुनावको मिति नजिकिँदै गर्दा ओली विगत एक महिनामा पूर्वको इलामदेखि पश्चिमको बजाङसम्मका ३५ भन्दा बढी जिल्लामा पुगिसकेका छन् । अध्यक्ष ओली जहाँ–जहाँ पुग्छन् त्यहाँ–त्यहाँ एमाले पार्टीमा प्रवेशको लहर चल्छ । जनताको बढ्दो सहभागिता र आकर्षण हेर्दा आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत स्थानमा जित्ने आँकलन गर्न सकिन्छ ।

पार्टीमा गुटबन्दी बढाएर पार्टीको बेइज्जत गर्नेहरू बाहिरिएपछि एमालेमा शुद्धीकरण आएकोले पार्टी थप बलियो र शक्तिशाली भएको अध्यक्ष ओलीको दावी छ । पार्टीका संगठित सदस्य सङ्ख्या ११ लाख पुगेको र एमालेप्रति जनआकर्षण तीब्रमात्रामा बढ्दै गएको र पाँच दलीय गठबन्धन धरापमा पर्न थालेकाले स्थानीय चुनावमा एमालेको विजय सुनिश्चित रहेको निम्न आधारमा पुष्टि गर्न सकिन्छ ।

संगठित सदस्य नै ११ लाखभन्दा बढी

एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा एमालेको संगठित सदस्यको संख्या ११ लाख नाघेको छ । गत वर्ष मंसिरमा सम्पन्न १० औँ महाधिवेशनमा नेकपा एमालेको सङ्गठित सदस्य ८ लाख ५५ हजार रहेको थियो । यसबीचमा २ लाख ५० हजारभन्दा बढी एमालेका सदस्य थपिएका छन् ।

चुनाव नजिकिएसँगै कांग्रेस, माओवादी, जसपा, लोसपालगायतका पार्टी परित्याग गरी दिनप्रतिदिन एमालेमा प्रवेश गर्नेहरूको संख्या अत्यधिक बढ्दैछ । पछिल्लो समयमा अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेतादेखि कार्यकर्ताहरूको संख्या जोडदा एमालेमा संगठित सदस्य १३ लाख नाघ्ने अनुमान गर्न सकिन्छ । यस आधारमा एमाले विगतभन्दा झनै बलियो र शक्तिशाली देखिन्छ र चुनावमा जित सहज भएको छ ।

२०७४ सालको चुनावी परिणाम

अघिल्लो निर्वाचन अर्थात् २०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा चुनाव भएको थियो । त्यसबेला एमाले सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको थियो तर कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा पनि अपेक्षाकृत नतिजा ल्याउन सकेका थिएनन् । निर्वाचन आयोगका अनुसार पाँच वर्षअघि ३५ हजार २ सय १८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उक्त चुनावमा एमालेले एक्लैले झण्डै ४२ प्रतिशत स्थानीय तहमा जनप्रतिनिधि जितेको थियो ।

एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २५६० र वडा सदस्य १० हजार ९ सय १२ जना एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा गठबन्धन गरेको कांग्रेसबाट ११ हजार ४ सय ५४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कांग्रेसले २६६ प्रमुख, २२३ उपप्रमुख वा उपाध्यक्ष, २२८६ वडा अध्यक्ष र ८ हजार ६ सय ७९ वडा सदस्य जितेको थियो । कांग्रेसले स्थानीय तहको ३२.५ प्रतिशत जनप्रतिनिध आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र तेस्रो ठूलो दलका रूपमा स्थापित भएको थियो । जुन १५.४ प्रतिशत मात्रै हो ।
उक्त चुनावमा कांग्रेस माओवादीले सहकार्य गरे पनि सोचेअनुसार परिणाम हासिल गर्न सकेका थिएनन् । यतिखेर पनि परिस्थिति उस्तै देखिन्छ । गठबन्धन असफल भएको त्यतिबेलाको परिणामका आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ र यस पटक पनि जित्ने संभावना कायमै छ ।

मनोवैज्ञानिक त्रासमा नेपाली काङ्ग्रेस

यतिबेला नेपाली कांग्रेस एमालेसँग एक्लै चुनावमा जान डराइरहेको छ । विगतमा माओवादीसँग एकता गरेर चुनाव लडेको काङ्ग्रेसले निराशा हात पारेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग कति त्रस्त देखिन्छन् भन्ने कुरा केन्द्रीय समितिको बैठकमा गठबन्धनबिना चुनाव जित्न सकिदैन भन्ने अभिव्यक्ति दिएकाले बुझ्न सकिन्छ ।
विगतको निर्वाचनले काङ्ग्रेसभित्र एक खालको मनोवैज्ञानिक त्रास सृजना गरिदिएको छ ।

अदालतको परमादेशबाट नौ महिनादेखि सरकारमा रहेको गठबन्धनका दलहरू एमालेविरूद्ध एक भएका छन् । दलीय आधारमा एक्काएक्लै चुनाव लड्ने हिम्मत र सामथ्र्य देखाउन भने उनीहरूले सकेका छैनन् । उनीहरूको उद्धेश्य, ध्येय र चिन्ता आफ्नो पार्टीले चुनाव जित्ने भन्नेभन्दा पनि एमालेलाई कसरी हराउने भन्ने नै देखिन्छ । संयोग त्यसबेला पनि कांग्रेस माओवादीको सत्ता गठबन्धन थियो र प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै थिए । अहिले पनि एमाले विपक्षमै छ, सत्तामा प्रधानमन्त्री देउवा नै छन् । कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नभइसकेकोले पनि यो चुनाव काङ्ग्रेसका लागि त्यति सहज देखिदैन । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

गठबन्धनभित्रै विद्रोह र अन्तर्घातको सम्भावना
माधव नेपाल र प्रचण्डको प्रतिशोधपूर्ण र अराजक राजनीतिबाट निर्मित पाँच दलीय गठबन्धनभित्रै यतिबेला विद्रोह हुन थालेको छ । नेपाली काङ्ग्रेसका तमाम नेताकार्यकर्तालाई माओवादीसँगको चुनावी एकता पटक्कै मन परेको छैन । शेखर कोइराला,गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी लगायतका शीर्षस्थ काङ्ग्रेसी नेता कार्यकर्ताहरूले आफ्नो रूख चिन्हबाहेक अन्य चिन्हमा मत हाल्न नहुने अडान लिइरहेका छन् ।

चितवन, कास्की, तनहुँ र सुर्खेत लगायतका तममा जिल्लामा धमाधम राजीनामा दिने र विद्राही उम्मेदवार घोषणा गर्ने लहर चलिसकेको छ । भरतपुर उपमहानगरपालिका १०० जनाको काङ्ग्रेस नेता कार्यकर्ताले सामूहिक राजीनामा दिइसकेका छन् । स्थानीय कार्यकर्ता नेतृत्वप्रति पूर्णरूपमा असन्तुष्ट देखिन्छन् । जसको प्रत्यक्ष असर चुनावमा गठबन्धनका उम्मेदवारलाई नराम्ररी पर्ने छ । गठबन्धनभित्रैबाट हुने विद्रोह ,घात अन्तरघातका कारण एमालेलाई चुनाव जित्न निकै सहज हुने स्थिति छ ।

मधेशमा एमालेप्रतिको आकर्षण बढ्दो

२०७४ को स्थानीय तहको निर्वाचनका बेला केपी शर्मा ओलीलाई मधेस विरोधी नेता र एमालेलाई मधेस विरोधी पार्टीको विम्बको रूपमा प्रयोग गरिएको थियो । त्यसबेला एमाले खुलेर मधेस पस्ने सम्भावना पनि थिएन । मधेसमा एमालेविरूद्धको जनमतको बिगबिगी थियो । त्यति बेला देशका विभिन्न ठाउँमा भएका सयौं आमसभामा अध्यक्ष ओलीले सम्बोधन गरे पनि मधेसका दुईवटा आमसभामा मुस्किलले पुग्ने वातावरण बनेको थियो। तर यतिखेर भने मधेशमा एमालेप्रतिको आकर्षण निरन्तर बढ्दो छ । दैनिक हजारौंको संख्यामा मधेशका नेताकार्यकर्ताहरू सशरीर अन्य पार्टी त्यागेर एमाले प्रवेश गरिरहेका छन् । मधेश एमालेमय बनिरहेको छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ जीत सहज देखिन्छ ।

विभाजनको क्षतिपूर्ति पूर्वमाओवादीबाट

गत स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १४ हजार ९७ ९करिब ४२ प्रतिशत० पद जितेको थियो । एमाले विभाजित भएपछि गत असोजमा तीमध्ये १ हजार ५ सय १ जना ९करिब १० प्रतिशत० ले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत एमालेका संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ ।

यसको क्षतिपूर्ति एमालेमा पूर्व माओवादी केन्द्रका वरिष्ठ नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेता र हालसालै माओवादी केन्द्रबाट प्रदेश, जिल्ला, पालिका र वडातहसम्म माओवादीको ठूलो पंक्तिसहित करिब ७ प्रतिशत एमालेमा समाहित भएको सङ्ख्यालाई हेर्ने हो भने एमाले पहिलेभन्दा शक्तिशाली र मजबुत भएको आँकलन गर्न सकिन्छ । माधव नेपालले लिएर गएका नेता कार्यकर्ताको पुर्ताल पूर्वमाओवादीबाट भइसकेकोे छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

स्थानीय तहका जनप्रतिनिधि एमालेमै

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमाले एक्लैले करिब ४२ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको थियो । एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २५६० र वडा सदस्य १० हजार ९ सय १२ जना एमालेबाट निर्वाचित भएका थिए ।
एमालेबाट जम्मा ९ प्रतिशत नेता माधव नेपालसँग गएको बताइन्छ । कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत एमालेका संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ । यस आधारमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

गुटबन्दीरहित र एकताबद्ध एमाले

यतिखेर नेकपा एमालेमा कुनै गुट उपगुट देखिदैन । पार्टी अध्यक्ष केपी शर्मा ओली आफै देशव्यापी चुनावी दौडाहामा होमिएकाले सबै नेता कार्यकर्ता सक्रिय भएका छन् । विगतमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतका गुट उपगुटमा अलमलिएको एमाले यतिबेला अध्यक्ष ओलीकै नेततृत्वमा एक ढिक्का भएकोे छ । यतिखेर एमालेमा न कुनै गुट छ न त कुनै अन्तरद्वन्द्व र सैद्धान्तिक विवाद नै । सिङ्गो पार्टीका सबै कार्यकर्ता अध्यक्ष ओलीको सक्षम नेतृत्वमा एकताबद्ध र सक्रिय देखिएका छन् । यस आधारमा एमाले विगतभन्दा थप बलियो र शक्तिशाली देखिन्छ । यो नै एमालेले चुनाव जित्ने बलियो आधार हो ।

एमालेमा प्रवेशको ओइरो

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्ता र मतदाताहरू धमाधम एमालेमा आइरहेका छन् । राष्ट्रिय जनमोर्चाको ठूलो हिस्सा एमालेमा प्रवेश गरेको छ । गत चुनावमा एमालेलाई मधेस प्रदेशमा बन्देज जस्तै थियो । एमालेले त्यहाँ प्रचार समेत गर्न पाएको थिएन । अहिले आकर्षण एमालेमा छ । पहिलेदेखि नै नेपालको चुनावी परिणाम नियाल्ने हो भने संगठित मतदाता एमालेमै छन् । । असंगठित समेत घरका नयाँ सदस्यको दवावमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नेकपा एमालेले गरेका काम, भावी लक्ष्य हेरेर देश एमालेबाट बदलिन्छ भन्दै एमालेमा आइरहेका छन् । यस अर्थमा एमाले विगतभन्दा बलियो र शक्तिशाली देखिन्छ ।

ओलीप्रति युवा पुस्ताको आकर्षण

यतिखेर विशेष गरी युवा पुस्ता नेकपा एमाले र केपी शर्मा ओलीप्रति आकर्षित देखिन्छ । अहिलेको चुनावमा अत्याधिक ठूलो संख्यामा युवा र नयाँ मतदाता छन् । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । एमालेका संगठित सदस्यमध्ये झन्डै ५० प्रतिशत युवा छन् ।

उनीहरूको मनोविज्ञान नेकपा एमाले नजिक छ । गतिशील संगठन, जनतामा घुलनशील नेता कार्यकर्ता एमालेमै छन् । ओली सरकारले गरेका दूरगामी कामहरूको प्रभाव युवा जगतमा सकारात्मकरूपमा परेको छ । अध्यक्ष ओलीको प्रधानमन्त्रित्व कालमा मुलुकमा रेल, इन्धन पाइपलाईन, सुरूङ्ग, भत्किएका संरचना पुर्ननिर्माण, खानी उत्खनन, उद्योग स्थापना, रोजगारीको सृजना सबैतर्फ हेर्दा देख्ने गरी काम भएका छन । विकास र समृद्धिको पहल अन्य दलले भन्दा बढी एमालेले नै गरेको छ । एमालेले नै सुरू गरेको वृद्ध भत्ता आज एक जना वृद्धले जिविको चलाउन सक्ने माध्यम बनेको छ । यिनै कुराले गर्दा कुरा एमालेप्रति आम जनताको विश्वास र भरोसा अझ बढ्दै छ । चुनावी जितमा सहज भएको छ ।

हुन त चुनावी परिणाम सिधा हिसाब गरेजस्तो नहुन सक्छ । तर पनि एमाले विभाजन हुँदाको क्षतिपूर्ति अन्य दलबाट भइसकेको, एमालेको लोकप्रियता बढ्दै गएको, पार्टी गुटरहित र एकताबद्ध भएको जस्ता तमाम आधारमा भन्न सकिन्छ कि विभाजनपछि एमाले थप बलियो र झन् शक्तिशाली भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल बन्ने सम्भावना धेरै कोणबाट नजिक छ ।

(लेखक हरि ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार