२०८०, ४ आश्विन बिहीबार

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम


काठमाडौं ३ माघ : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार प्रदेश सभामा भएको मतदानमा सो प्रस्तावमाथि दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो।

‘जनकपुरधाम’ लाई स्थायी राजधानी बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो। प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।

उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम अब प्रदेश २ को राजधानी कायम भएको हो।

प्रकाशित मिति : २०७८, ३ माघ सोमबार  ५ : ५५ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका