२०८१, ११ बैशाख मंगलबार

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान


काठमाडौं २ माघ :   नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो ।

मन्त्रालयको कर्मचारी सँगसँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा। नारायण खड्काले बताए । आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले औषधिजन्य सामग्रीसँगै, लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताए ।

उक्त सामग्री सरकारीबाट नभइ निजी व्यवसायिक क्षेत्रबाट उपलब्ध गराइको भन्दै मन्त्री खड्काले निजी क्षेत्रलाई धन्यवाद दिए । साथै, राहत ढुवानीका लागि निजी क्षेत्रकै हवाई हिमालयन एयरलाइन्सले निःशुल्क जहाज उपलब्ध गराएको समेत मन्त्री खड्काको भनाइ छ ।

आइतबार अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीलाई काबुल स्थित संयुक्त राष्ट्र संघको प्रतिनिधिले स्वागत गर्नेछ । सोही राष्ट्र संघको गाडीमा राहत सामग्री राखि वितरण गरिने मन्त्री खड्काले बताए । नेपालको इतिहासमा पहिलो पटक हवाइजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ९ : ०३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने