२०८१, १४ बैशाख शुक्रबार

कलंकी र बसपार्कबाट यात्रुसँग दोब्बर भाडा असुल्ने दुई जना पक्राउ

कलंकी र बसपार्कबाट यात्रुसँग दोब्बर भाडा असुल्ने दुई जना पक्राउ


काठमाडौं  २९ बैसाख :  ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने दुई जनालाई कलंकी र बसपार्कबाट पक्राउ गरको छ ।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी गर्ने पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह रहेका छन् । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए ।

त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई समेत बुधबार ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ ।
पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति तीन हजारसम्म लिने गरेका थिए । उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २९ बैशाख बुधबार  ७ : ५१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने