२०८१, ९ बैशाख आईतबार

भारतबाट नेपाल आउने यात्रु होटेल क्वारेन्टिनमा, दैनिक शुल्क तीन हजार

भारतबाट नेपाल आउने यात्रु होटेल क्वारेन्टिनमा, दैनिक शुल्क तीन हजार


काठमाडौं, २२ बैसाख  : कोरोना भाईरस संक्रमणका कारण भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु होटल क्वारिन्टन बस्न राख्ने भएको छ । क्वारिन्टनका लागि आठ होटल सूचीकृत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु यी आठ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ ।

मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए–वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ । यी होटेलमा देखि ९१ कोठासम्म उपलब्ध छन् ।

मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ । बिहीबार रातिबाट हवाई उडान बन्द हुनेछन् । तर, साताको दुई उडान भने भारतबाट निरन्तर रहने छन् । भारतबाट आएका यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्ने नियम सरकारले बनाएको छ ।

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ३ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने